प्रहरीले चलायो सडक छेउछाउका भट्टी पसल बन्द अभियान

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते ५:२६ मा प्रकाशित

परासी, १७ मंसिर– सडक दुर्घटना रोक्नका लागि नवलपरासी प्रहरीले पूर्व पश्चिम लोकमार्गका पसलमा राखिएका अवैध मदिरा नियन्त्रणको अभियान चलाएको छ ।

nepal_police
गाडीका चालक एवम् सहचालकले या अन्य व्यक्तिले मदिरा सेवन गरेर गाडी, मोटरसाइकललगायतका सवारीका साधन चलाउनाले पनि दुर्घटनाको सङ्ख्या बढेको भन्दै इलाका प्रहरी कार्यालय सुनवलले अवैध मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयको योजनाअनुुुसार इलाका प्रहरीले पछिल्लो दुई दिनदेखि सुनवलदेखि रामनगर भुमही क्षेत्रको पूर्वपश्चिम लोक मार्ग क्षेत्रबाट चार हजार लिटर मदिरा एवम् सात क्विन्टलभन्दा बढी मदिरा बनाउन प्रयोग हुने मरचा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
रक्सी प्रयोग गरेर सवारीसाधन चलाउँदा दुर्घटना हुने र रक्सीकै सेवनले घरेलु घटना पनि घट्ने हुँदा हाइवे लगायतका क्षेत्रमा रक्सी बिक्रीमा न्यूनीकरण ल्याउन जरुरी रहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
आगामी दिनमा नवलपरासी जिल्लालाई लागुऔषध मुक्त जिल्ला बनाउन लक्ष्य लिएको प्रहरीले अहिले अभियानअन्तर्गत ठाउँठाउँमा लागुऔषधसम्बन्धी जनचतेनामूलक सडक नाटक, कक्षा ११ र १२ का विद्यार्थीलाई सोसम्बन्धी कक्षा सञ्चालन र लागुऔषध नियन्त्रणका लागि लागुऔषध र अवैध मदिरा नियन्त्रणमा लिने गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us