विदेश कामदार पठाउनेलाई केपी ओलीले भने– विश्वसनीय ढंगले पठाउनुस् !

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ५:३९ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश कामदार पठाउने संस्थाका व्यवसायीहरुलाई आफ्नो पेशालाई विश्वसनीय बनाउन आग्रह गरेका छन् । उनले वैदेशिक रोजगार व्यवसायीहरु पनि मर्यादित र विश्वसनीय हुनुपर्ने बताएका हुन् ।

kp-1oli
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नामको संस्थाको प्रथम वार्षिक साधारणसभाको बिहीबार राजधानीमा उद्घाटन गर्दै अध्यक्ष ओलीले कामका लागि विदेसिने युवालाई अनेक दुःख, झन्झट दिने तथा उनीहरूमाथि तोकिएअनुसार पारिश्रमिक नदिने, ठगी गर्नेजस्ता प्रवृत्तिको अन्त्य गराउन व्यवसायीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कामका लागि युवालाई स्वदेशमै उचित रोजगारको वातावरण निर्माण गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले भने, ‘राष्ट्र निर्माणमा समर्पित हुनुपर्ने ठूलो सङ्ख्याका युवा विदेशमा काम गर्न जान बाध्य छन्, यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us