भुस्याहा कुकुर मर्दा गाउँभरि रुवाबासी

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते १६:०७ मा प्रकाशित

dogएजेन्सी– भारत अहमदावादस्थित एक गाउँमा एउटा भुस्याहा कुकुर मरेकामा पूरै गाउँ शोकमग्न भएको छ ।
१८ वर्षदेखि आफ्नै वस्तीमा बस्दै आएको कुकुर मरेपछि धेरै स्थानीयका आँखा रसाएका थिए ।

टोलका मानिस कुकुरको लास वरिपरि जम्मा भएर डा“को छोडेर रोए । सोनु नामको उक्त कुकुर टोलका सबैको प्यारो थियो ।

स्थानीयले कुकुरको लासमा फूलमाला, र अबिर चढाएर श्रद्धाञ्जली दिए । १८ वर्षसम्म टोलको रेखदेख गर्ने कुकर मर्दा आफूहरु मर्माहत भएको गाउ“लेहरु बताउँछन् ।

उनीहरुले आफूहरुको मृत्यु संस्कार अनुसारै कुकुरको विधिवत अन्त्येष्टि गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us