समाचार

अयोग्य व्यक्तिलाई टिकट दिएको भन्दै काँग्रेसमा सामूहिक राजीनामा

२०७० असोज १८ गते १४:१२

खोटाङ, १८ असोज–केन्द्रले अयोग्य व्यक्तिलाई टिकट दिएको भन्दै नेपाली काँग्रेस खोटाङका झन्डै १२ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । टिकट वितरणप्रति असन्तुष्टि व्यक्त गर्दै पूर्ववन राज्यमन्त्री शिवकुमार बस्नेत, महासमिति सदस्य महेन्द्रकुमार कटवाल, जिल्ला कोषाध्यक्ष देवी राई, जिल्ला सचिव केशव कार्की, क्षेत्र...

उम्मेदवार भएलगत्तै छुटे डन गणेश लामा

२०७० असोज १८ गते १३:५१

काठमाण्डु, १८ असोज– गुण्डागर्दीको आडमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा कारागारमा रहेका चर्चित डन गणेश लामा धरौटीमा रिहा भएका छन् । आसन्न संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको एक दिनपछि लामा तीन करोड रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनले बिहीबार मात्र विजयकुमार गच्छदार नेतृत्वको...

म एमाले मै रहिरहने छु:भुवन केसी

२०७० असोज १८ गते १३:३०

काठमाण्डु, १८ असोज– नायक भुवन केसीले आफू एमाले नै रहेको र एमालेमै रहिरहने बताएका छन् । उनले सञ्चारकर्मीलाई सम्बोधन गर्दै शुक्रबार जारी गरेको विज्ञप्तिमा आफू पार्टीबाट विचलित नभएको उल्लेख गरेका छन् । नायक केसीलाई एमालेले संविधानसभा निर्वाचनमा काठमाण्डु–१ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि...

लिम्बुवानको अनिश्चितकालीन बन्द फिर्ता

२०७० असोज १८ गते ११:५३

काठमाण्डु, १८ असोज– संघीय लिम्बुवान राष्ट्रिय मञ्च सम्वद्ध लिम्बुवान राज्य परिषद्ले गरेको अनिश्चितकालीन पूर्वाञ्चल बन्द फिर्ता भएको छ । सरकारसँग भएको वार्ता सकारात्मक भएकाले बन्द फिर्ता गरिएको परिषद् अध्यक्ष कुमार लिङदेनले जानकारी दिए । संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको विरोधमा मञ्चले बिहीबार गरेको बन्दका...

उम्मेदवारको सुरक्षा गर्न निर्वाचन आयोगको सरकारलाई दिर्नेशन

२०७० असोज १८ गते ११:४९

काठमाण्डु, १८ असोज – निर्वाचन आयोगले संविधानसभा निर्वाचनका उम्मेदवारलाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै उम्मेदवार सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सरकारको ध्नायाकर्षण गराएको हो । बारा–४ का एमाले उम्मेदवार मोहम्मुद आलममाथि गोली प्रहार भएपछि आयोगले...

माया कुमारीलाई बर्खास्त नगर्न सर्वोच्चको अन्तरिम

२०७० असोज १८ गते १०:११

काठमाण्डु १८ असोज–मायाकुमारी शर्मालाई कतारका लागि नेपाली राजदुतबाट बर्खास्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । रिटको अन्तिम किनारा नलागेसम्म शर्मालाई बर्खास्त नगर्न न्यायधिश प्रकाश वस्तीको एकल इजलाशले शुक्रवार सरकारलाई अन्तरिम आदेश दिएको हो । एकीकृत माओवादीका तर्फबाट राजदुत बनेकी शर्मालाई सरकारले राजीनामा ...

निर्वाचन बिथोल्नेलाई छोडिन्न: गृहमन्त्री

२०७० असोज १८ गते ९:०४

काठमाण्डु, १८ असोज– गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचन बिथोल्न खोज्ने जो कोहीलाई सरकारले नछाड्ने चेतावनी दिएका छन् । ५८ औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन विथोल्ने उद्देश्यले गरिने कुनै पनि गैरकानुनी क्रियाकलाप सह्य नुहने...

वैद्य क्रान्तिकारीका महासचिव शाहीले पार्टी छाडे

२०७० असोज १८ गते ८:४१

काठमाण्डु, १८ असोज– नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय महासचिव कमल शाहीले पार्टी परित्याग गरेका छन् । माओवादीको भ्रमपूर्ण कार्यदिशामा आफू रहन नसक्ने भन्दै उनले पार्टी छाडेका हुन् । शाहीले शुक्रबार विज्ञप्ती निकालेर नेकपा–माओवादीले इमान्दार क्रान्तिकारी नेता–कार्यकर्तालाई भ्रममा राखेर गम्भीर धोका दिएको आरोप लगाएका छन्...

ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

२०७० असोज १८ गते ४:५८

दैलेख, १८ असोज–कर्णाली राजमार्ग अन्तरग दैलेखको खड्कवाडा गाविस ७ मुसेगैराको जंगलमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको लकान्द्र गाविस ७ का २५ बर्षीय चिन दसौंदी र ट्याक्टर चालक सुर्खेत हरिहरपुर गाविस डोक्पाका २३ बर्षीय भक्तबहादुर घर्ती रहेको...

वैद्य माओवादीले पनि दियो चुनावमा उम्मेदवारी

२०७० असोज १८ गते ४:५८

भक्तपुर, १८ असोज – चुनावको विपक्षमा रहेको नेकपा–माओवादीका नेताले पनि उम्मेदवारी दिएका छन् । पार्टीले चुनाव बहिस्कार गर्ने घोषणा गरे पनि भक्तपुरमा वैद्य माओवादीका स्थानीय दुई नेताले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । विहीबार मनोनयन दर्ता गराएका उनीहरुले चुनाव बहिस्कारले कुनै असर नपर्ने समेत बताए...

सर्बोच्चमा न्यायाधीश नियुक्ति दसैं अघि असम्भव

२०७० असोज १८ गते ४:५७

काठमाण्डु, १८ असोज– दसैं अघि सर्बोच्च अदालतमा न्यायाधीश नियुक्तिको सम्भावना सकिएको छ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म सबै तहका अदालत बिदा हुने भएकाले दसैं अघि न्यायाधीश नियुक्तिको सम्भावना नदेखिएको हो । सर्वोच्चमा मुद्दाको भार बढ्दै गएको र एकल, संयुक्त, विशेष र आवश्यकता अनुसार पूर्ण इजलास...

लामखुट्टे खोज्न सरकारी टोली घरघरमा

२०७० असोज १८ गते ४:५६

चितवन, १८ असोज–दुई महिनाको अन्तरालमा २७ जनामा डेङ्गुको सङ्क्रमण देखिएपछि चितवनमा घरघरमै पुगेर डेङ्गु सार्ने लामखुट्टे मार्ने अभियान थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरेर डेङ्गु सार्ने लामखुट्टे र त्यसको लार्भा एवम् प्युपा नष्ट गर्न थालेको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us