। हिजोका दिनमा राजाको शासनकाल र संकट कालमा पनि नब्यहोरेको झमेला अहिले हामीले ब्यहोर्नु परिरहेको छ । नेपालका सबै हाँस्यङ्ग्य ऋंखलाहरु सेन्सरको चापमा परिरहेको अवस्था छ । तीतो सत्य प्रसारणमा रोक लगाइएको भन्ने सुन्दा दुःख लागेको छ । म त धेरैपटक सेन्सरको चपेटामा परिसकेको...
मोरङ, १९ मंसिर– घर भाडामा लिएर वेश्यावृत्ति सञ्चालन गर्दै आएका एक दम्पतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१३ स्थित सोमबारे हाट नजिकै घर भाडामा लिएर महिनौँदेखि वेश्यावृत्ति सञ्चालन गर्दै आएका २५ वर्षीया सुष्मा राई उनको पति ३० वर्षीय सन्तोष कटुवाल र तीनजना युवतीलाई...
उदयपुर, १९ मंसिर– जागिर जाने डरले सहरी विकासमन्त्री डा नारायण खड्काले राष्ट्रिय सरकार गठनप्रति आपत्ति जनाएका छन् । उनले संविधान निर्माण गर्नुपर्ने बेलामा राष्ट्रिय सरकार गठनको कुरा गर्नु असान्दर्भिक हुने बताए । सदरमुकाम गाईघाटमा आज बिहान प्रेस युनियन उदयपुरद्वारा आयोजित पत्रकार विशेष भेटघाटमा नेपाली काँग्रेसका...
काठमाण्डु, १९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै प्रसारणमा रोक लगाइएको चर्चित हास्य टेलिऋंखला तीतो सत्य अर्को साता प्रसारण गर्न पाउनुपर्ने माग उक्त ऋंखलाका प्रमुख कलाकार एवम् निर्देशक दिपकराज गिरीले गरेका छन् । काठमाण्डु टुडेसँग कुरा गर्दै गिरीले अर्को साताका लागि आफूले...
काठमाण्डु, १९ मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘ठूला व्यक्ति’ले सम्पत्ति लुकाउने गरेका कारण अनुसन्धान प्रक्रिया अन्यौलमा परेको बताएका छन् । व्यवस्थापिका–संसदअन्तर्गतको सुशासन तथा अनुगमन समितिको शुक्रबारको बैठकमा उपस्थिति भएका कार्कीले सभासदहरुले सुब्बा र खरिदारलाई मात्र पक्राउ गरेको भन्दै अख्तियारको कार्यशैलीको...
काठमाण्डु, १९ मंसिर– एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले संविधानका विवादित विषयमा साझा अवधारणा तय गर्न कार्यदल गठन गरेको छ । सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा शुक्रबार बिहान बसेको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलमा एमाओवादी महासचिव कृष्णबहादुर महरा, तमलोपा सह–अध्यक्ष हृदयश त्रिपाठी, समाजवादी...
काठमाण्डु, १९ मंसिर– संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले आज संविधान निर्माणमा भएका प्रगति र विवादित विषय समेटेर संविधानसभामा प्रतिवेदन बुझाउने भएका छन् । यसअघि भट्टराईले प्रमुख दलका शीर्ष नेतासँग त्यसबारे परामर्श गरेका थिए । बुधबार बसेको प्रमुख तीन दलका शीर्ष नेताको...
बर्दिया, १९ मंसिर– बर्दिया ढोढरी–४ धनौराकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ५ अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजन चौधरी, किशुन चौधरीm राजु चौधरी, श्याम्पल चौधरी र श्यामदेव चौधरी छन् । नेपाली अधिकारी र दुवैतिरका अधिकारकर्मीको दबाबमा भारतीय प्रहरीले उनीहरुलाई पक्राउ गरेको...
काठमाण्डु, १९ मंसिर– काठमाण्डु टुडेडटकमका पूर्वसहकर्मी पत्रकार, गीतकार एवम् गायक सूर्यकुमार क्षेत्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । क्षेत्रीको घाइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. वसन्त पन्त नेतृत्वको टोलीले ब्रेन ट्युमरको बुधबार सफल शल्यक्रिया गरेको थियो । पन्तले क्षेत्रीको जटिल सल्यक्रिया सफतापूर्वक...
चितवन, १९ मंसिर– चितवनका एक विद्यालयका प्रधानाध्यापक जागिर छाडेर मानिसको पिसाब व्यापारमा लागेका छन् । दारेचोकस्थित माझगाउँ माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीरेन्द्र पोख्रेल जागिर छाडेर पिसाब व्यापारमा लागेका हुन् । उनले ६ वर्षअघि ढल विभागका कर्मचारीले दिएको प्रशिक्षणका क्रममा पिशाबको महत्व बुझेपछि उक्त व्यवसायप्रति आकर्षित...
झापा, १९ मंसिर– झापाको लखनपुरमा धान झार्ने थ्रेसरमा कपाल बेरिादा एक महिलाको मृत्यु भएको छ । लखनपुर–१ कि ३७ वर्षीया हरिमाया सम्बाहाम्फेको धान झार्ने क्रममा कपाल थ्रेसरमा बेरिँदा घटनास्थलमा नै मृत्यु भएको हो । स्थानीय चार–पाँचजना महिला मिली धान झारिरहेको अवस्थामा अचानक सम्बाहाम्फेको कपाल...
खोटाङ, १९ मंसिर– चिसो बढेसँगै जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोको बिरामीको चाप बढेको छ । मंसिर पहिलो हप्तादेखि दैनिक एक सय ५० जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेको जिल्ला अस्पताल खोटाङका चिकित्सक माधवप्रसाद लम्सालले बताए । भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा...