
काठमाण्डु, १९ मंसिर– एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले संविधानका विवादित विषयमा साझा अवधारणा तय गर्न कार्यदल गठन गरेको छ ।
सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा शुक्रबार बिहान बसेको बैठकले कार्यदल गठन गरेको हो ।
कार्यदलमा एमाओवादी महासचिव कृष्णबहादुर महरा, तमलोपा सह–अध्यक्ष हृदयश त्रिपाठी, समाजवादी पार्टीैका अध्यक्ष प्रमेबहादुर सिंह, खुम्बुवान राष्ट्रिय मोर्चाका रामकुमार राई र तराईमधेस सदभावना पार्टीकी रानी शर्मा तिवारी छन् ।
कार्यदललाई राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायप्रणाली सम्बन्धमा साझा धारणा तय गरी प्रतिवेदन दिन भनिएको छ ।
कार्यदलले आइतबारसम्म प्रतिवेदन तयार पारेर बुझाउने कार्यदल सदस्य त्रिपाठीले काठमाण्डु टुडेलाई बताए ।