झापा, १९ मंसिर– झापाको लखनपुरमा धान झार्ने थ्रेसरमा कपाल बेरिादा एक महिलाको मृत्यु भएको छ । लखनपुर–१ कि ३७ वर्षीया हरिमाया सम्बाहाम्फेको धान झार्ने क्रममा कपाल थ्रेसरमा बेरिँदा घटनास्थलमा नै मृत्यु भएको हो ।
स्थानीय चार–पाँचजना महिला मिली धान झारिरहेको अवस्थामा अचानक सम्बाहाम्फेको कपाल थ्रेसरमा बेरिएको थियो । शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।