काठमाण्डु, १९ मंसिर– काठमाण्डु टुडेडटकमका पूर्वसहकर्मी पत्रकार, गीतकार एवम् गायक सूर्यकुमार क्षेत्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।
क्षेत्रीको घाइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. वसन्त पन्त नेतृत्वको टोलीले ब्रेन ट्युमरको बुधबार सफल शल्यक्रिया गरेको थियो ।
पन्तले क्षेत्रीको जटिल सल्यक्रिया सफतापूर्वक सम्पन्न भएको जानकारी दिँदै शल्यक्रिया गरेर निकालिएको ट्युमर बकायोप्सीका लागि पठाइएको र रिपोर्ट आउन कम्तीमा १० दिन लाग्ने बताए ।
शल्यक्रियापछि क्षेत्री होसमा आएका छन् । अत्याधिक टाउको दुखेपछि सोमबार अस्पताल गएका क्षेत्रीको स्वास्थ्य परीक्षणका क्रममा ब्रेन ट्युमर देखिएको थियो । क्षेत्री नेपाल प्रेस युनियनका सचिव र नेपालीकला डटकमका सम्पादक छन् ।
यसैबीच सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल, काँग्रेस सह–महामन्त्री पूर्णबहादुर खड्का, काँग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बढु र अर्जुननरसिंह केसी लगायत अस्पताल पुगेर क्षेत्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।