
। हिजोका दिनमा राजाको शासनकाल र संकट कालमा पनि नब्यहोरेको झमेला अहिले हामीले ब्यहोर्नु परिरहेको छ ।
नेपालका सबै हाँस्यङ्ग्य ऋंखलाहरु सेन्सरको चापमा परिरहेको अवस्था छ । तीतो सत्य प्रसारणमा रोक लगाइएको भन्ने सुन्दा दुःख लागेको छ । म त धेरैपटक सेन्सरको चपेटामा परिसकेको छु । अहिले त्यो रोग उता पनि सरेछ । लोकतान्त्रिक दाबी गर्ने सरकारको यो हर्कतले कलाकारको सिर्जना मार्ने काम गरेको छ । सुटिङमा पैसा र कलाकारको समय खर्च भएको हुन्छ ।
कार्यक्रम देखाएर लक्षित वर्गमा सन्देश दिन खोजिएको हुन्छ । प्रसारण नै बन्द गरिदिएपछि त ती सबै कुरा बिग्रिए । संसारमा चलेको प्रचलन के हो भो क्यारेकचेर भन्ने चिज सबैको गर्न पाइन्छ । मोदी मात्र होइन, बाराक ओबामा, राजा पाक्षे, सेख हसिना, सरिफ, सी जिनपिङ, पुटिन सबैको क्यारिकेचर गर्न पाइन्छ । हामीले रामवरण यादव, सुशील कोइराला, प्रचण्ड, केपी ओली, माधव नेपाल, बाबुराम भट्टराई, बामदेव गौतम सबैको क्यारिकेचर गरेका हुन्छौं ।
क्यारिकेचरले समाजमा राम्रो म्यासेज दिन्छ । भटाभट राजनीतिक टपिक्सहरुमा भइरहेको सेन्सरले अनिष्टको संकेत गरिरहेको छ । जुन देशको राजनीति बिग्रिएको छ, त्यही देशमा चाहिं क्यारिकेचरमा सेन्सर लगाउनुको अर्थ के ? नेताहरुले राम्रो काम गरेर क्यारिकेचर गरेर खाने कलाकारको पेशा नै संकटमा पारिदिउन् न हामी खुसी हुन्छौं । पहिलापहिला थुप्रै सेन्सरको पीडा भोगियो । पछिल्लो समयमा मैलै मेरी बास्सैको एकल निर्माण थालिसकेपछिको कुरा गर्ने हो भने पनि धेरै घटना छन् ।
हामीले पाँचवटा भागको सुटिङ सिक्किममा ग¥यौं । सिक्किमको एउटा ऋंखला नै सेन्सरमा रोकिदिए । सिक्किममा नाम्ची भन्ने ठाउँमा चार धाम छ । इण्डियाको केन्द्रीय सरकारले पूजारी नै नियुक्ति गरेर पठाउँछु । हामीले जाने बेलामै यताबाट चारधाम जान लागेको भनेर हिंडेको । कार्यक्रम सुटिङ गरेर ल्याइयो । तर त्यहाँ चारधाम नै छैन भनेर रोकिदिए । त्यसपछि चारधाम हुनुपर्नेमा धाम मात्र राखेर पठाएँ । सिक्किमको पाँचवटा कार्यक्रम कहिले सकिएला भन्ने टेन्सन भयो । त्यो सकिएको दिन मुक्तिको सास फेरेको थिएँ । यता आएर बनाएकोमा पनि त्यस्तै लफडा गरे ।
सडकमा बाटो फराकिलो पार्ने क्रममा रुखजति सबै काटिए । सार्कका बेला काठमाण्डुलाई हरियाली देखाउन सरकारलाई रुख चाहियो । सहरबाट रुख लिन केही मान्छे गाउँ गए ।
तर गाउँका मान्छेले त्यसमा आपत्ति जनाए । सहरले हामीलाई हेपेको छ । हामी रुख दिँदैनौ्र भनेर गाउँका मान्छे झम्टछन् । कुन देशको प्रधानमन्त्री यही बाटो आउँछ रे । सहरमा प्रधानमन्त्री हिंडेने बाटो छेउको घरमा सरकारले रंग लगाइदिएको तर आफ्नो घरमा नलाइदिएको भनेर मानिसहरु आक्रोशित हुन्छन् । त्यही क्रममा गाउँलेले पक्षपती सरकार मूर्दावाद भनेर नारा लगाएको सिन थियो । त्यो नै हटाइदिए ।
सार्क सम्मेलन अगाडि सरकारले सुरक्षामा व्यापक कडाई गरेको बतायो ।
हामीले बामदेवको टाँङमुनिबाट मुसो छिरेको सिन राखेका थियौं । बामदेवलाई सुरक्षा प्रमुखलाई मुसा पनि छिर्न नपाओस् भनेर निर्देशन दिएका हुन्छन् । भोलिपल्ट बिहानै बामदेवको टाङमुनिबाट तीनवटा मुसा छिरेर आँगनमा दर्गुछ । त्यति नै बेला एकजना प्रहरीका असई बारीको पाटामा दोडिरहेका हुन्छन् । बामदेवले सोध्छन् किन दौडेको ? उसले भन्छ हाम्रो सुरक्षा प्रमुखलाई राति दुई बजे मुसाले टोकेछ । साथीहरुले अस्पताल लान लागेका छन् । म पनि त्यतै जान लागेको भन्छ । त्यति नै बेला तीन जना पुलिसले सुरक्षा प्रमुखलाई बोकेर ल्याँउँदै गरेको हुन्छ । सुरक्षा प्रमुखले जय नेपाल हजुर म रेबिजको सुई लगाएर आउँछु भनेको हुन्छ । त्यही सिन काटियो । हामीले बामदेवलाई गृहमन्त्री भनेका छैनौं घरमन्त्री र आईजीलाई सुरक्षा प्रमुख भनेका थियौं । तर त्यसमा आपत्ति मानियो र सेन्सरको कैंची लगाइयो ।