मोदीका कारण रोकिएको तीतो सत्य प्रसारण गर्न देऊः दिपकराज

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ६:३८ मा प्रकाशित

dipak-raj-giriकाठमाण्डु, १९ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘क्यारिकेचर’ गरेको भन्दै प्रसारणमा रोक लगाइएको चर्चित हास्य टेलिऋंखला तीतो सत्य अर्को साता प्रसारण गर्न पाउनुपर्ने माग उक्त ऋंखलाका प्रमुख कलाकार एवम् निर्देशक दिपकराज गिरीले गरेका छन् ।

काठमाण्डु टुडेसँग कुरा गर्दै गिरीले अर्को साताका लागि आफूले नयाँ कार्यक्रम सुटिङ नगर्ने बताए । मोदीको क्यारिकेचर गरिएको भन्दै नेपाल टेलिभिजन सेन्सर शाखाले बिहीबार राति उक्त ऋंखलाको ५७६ औं भाग प्रसारणमा रोक लगाएको थियो ।

‘सरकारले लोकतन्त्रको न्युनतम मूल्य र मान्यताको खिल्ली उठाएर कार्यक्रम प्रसारणमा रोक लगाएको छ’, गिरीले भने, ‘अर्को हप्ताका लागि नयाँ सुटिङ गर्दिन, त्यही कार्यक्रम लगेर बुझाउँछु, हेरौं के गर्दा रहेछन् ।’

गिरीले अमेरिकामा बाराक ओबामा र भारतमा मोदीको क्यारिकेचर हुने गरेको भन्दै यो प्रकरणले नेपालमा अझै लोकतन्त्र नआएजस्तो लागेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us