
काठमाण्डु, १८ मंसिर– पश्चिम अफ्रिकी मुलुकहरुमा महामारीका रुपमा फैलिएको इबोला भाइरस भित्रिन सक्ने आशंकामा सरकारले उच्च सतर्कता अपनाउने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इबोला संक्रमण भित्रन नदिन प्रभावित मुलुकहरुबाट नेपाल आउने नेपाली तथा गैरनेपालीमाथि विशेष निगरानी बढाउन सम्बद्ध निकायलाई निर्देशन दिने निर्णय गरेको हो ।
यस्तै बैठकले इबोलाबाट नेपालमा कसैको निधन भएमा मृतक परिवारलाई क्षतिपूर्ति स्वरुप २५ लाख रुपैयाँ दिने निर्णयसमेत गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले इबोलाले मृत्यु भएको खण्डमा उक्त रकम दिने निर्णय भएको जानकारी दिए ।