इन्जिनियरको तलब मासिक एक रुपैयाँ !

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते ६:१८ मा प्रकाशित
पथरी, १८ मंसिर–सुन्दर दुलारी नगरपालिकामा करारमा कार्यरत इन्जिनियर अम्बिका गुरागार्इंले मासिक एक रुपैयाँ तलबमा काम गर्दै आएका छन् ।
नगरपालिकाले कम तलबमा काम गर्ने प्राविधिक कर्मचारीको माग गर्दै विज्ञापन गरेको थियो ।
विज्ञापनअनुरुप एक रुपैयाँ तलब खाने गरी गुरागार्इंले आवेदन दिएपछि उनी छनोट भएका हुन् ।
नगरपालिका कार्यकारी अधिकृत सुवर्ण घिमिरेले परेका अन्य १७ वटा आवेदनमा मासिक रु तीन हजारदेखि १४ हजारसम्म तलब माग गरिएको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us