भारतीय अपराधीले गरे नेपाली चेलीलाई सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते २:३० मा प्रकाशित

rapeबर्दिया, १८ मंसिर– भारतमा नेपाली युवती भारतीय अपराधीहरुको एक समूहको सामूहिक बलात्कारको शिकार भएकी छन् ।

भारतमा मेला भर्ना गएका बेला बर्दिया ढोढरी–४ की १७ वर्षीया ती युवती सामूहिक बलात्कारको शिकार भएकी हुन् ।

सीमावर्ती बहराइचको बिछियास्थित कटरिया बाबानजिक युवतीलाई चार भारतीयले राति १२ बजे जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए । पीडित युवती मुक्त कमलरी रहेको प्रहरीले जनाएको छ ।

उनीमाथि चार भारतीयले बलात्कार गरेका थिए । उनको अवस्था चिन्ताजनक छ । स्वास्थ्य परीक्षणपछि ती युवतीलाई भारतीय प्रहरीको सेल्टरमा राखिएको छ ।

राम विवाहमा सहभागी हुन आफन्तसँगै गएकी युवती गत मंसिर १२ गते बलात्कृत भएको जानकारी परिवारले मंगलबार मात्र गराएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us