
इटहरी, १७ मंसिर– रुसमा आकर्षक रोजगारी दिलाइदिन्छु भन्दै रु ६० लाखभन्दा बढी रकम उठाएर भोजपुर पात्लेपानी–९ घर भई हाल इटहरी बस्दै आएका धनबहादुर बान्तवा राई फरार भएका छन् ।
यअल्टरनेटिभ करिअर कन्सल्टेन्सी खोलेर राईले २०७० सालदेखि पूर्वका विभिन्न जिल्लाका ३० भन्दा बढी युवासँग सो रकम लिएको पीडितहरूले बताएका छन् ।
रुसमा होटल वेटर काममा लगाइदिने भन्दै राईले प्रतिव्यक्ति रु पाँच लाखका दरले रकम लिएका थिए । उनले गत जेठदेखि रकम असुल गरेको र यही मङ्सिर १२ गतेदेखि भने कार्यालय र मोबाइल बन्द गरी सम्पर्क बाहिर रहेको पीडितको भनाइ छ ।
पीडित मोरङ बयरबन–८ का हिमाल तामाङले आफूलाई रुस लैजान्छु भन्दै काठमाडौँसम्म लगेपछि राईसम्पर्क बाहिर रहेको बताउनुभयो । उहाँले जेठ १२ गते राईलाई रु पाँच लाख बुझाएको र अहिलेसम्म विदेश नपठाएको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन् ।स
तामाङसहित राईबाट पीडित १९ जनाले जिप्रका सुनसरीमा उजुरी दिएको बताएका छन् । उनीहरूले आपूmहरूसँग जम्मा रु ५३ लाख लिएको उजुरीमा उल्लेख गरेका छन् ।
तमाङगसँगै वैदेशिक रोजगारीमा रुस जान भनेर राईलाई रु पाँच लाख बुझाएका मोरङ बयरबन–८ का राजु मगरले पनि आफू ठगिएको बताउनुभयो । उनले भने ‘मैले जेठमै रु पाँच लाख बुझाएको हो । अहिलेसम्म न रुस लग्यो न त जम्मा गरेको रकम नै फिर्ता दियो ।’