काठमाण्डु, १७ मंसिर– नेपालमा गत वर्षको तुलनामा यो वर्ष भ्रष्टाचारमा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ ।
भष्ट्रचार विरुद्द कार्यरत संस्था ट्रान्सपरेन्सी इन्टरनेशलको पछिल्लो प्रतिवेदनले नेपालमा भ्रष्टाचार बढेको देखाएको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनले नेपालले बुधबार सार्वजनिक गरेको तथ्याङ्कमा नेपाल बढी भ्रष्टाचार हुने विश्वका १ सय ७४ मुलुकमध्ये १ सय ७४ औं स्थानमा छ । सयलाई आधार मान्दा नेपालले २९ अंक ल्याएको छ । यसअघि नेपालको ३१ अंक थियो ।
स्वच्छ छविका, निश्कलंक र मितव्ययी भनिएका काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेला भ्रष्टाचार थप बढ्नुलाई आश्चर्यका रुपमा हेरिएको छ ।
प्रतिवेदनका अनुसार डेनमार्क सबैभन्दा कम भष्ट्रचार हुने मुलुकको पहिलो नम्बरमा छ । सोमालियामा सबैभन्दा बढी भष्ट्रचार हुने मुलुकको सूचीमा परेको छ ।