पढालेखा राष्ट्रपतिले भने– ‘मधेशमा शिक्षा नाजुक छ’

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते १२:४० मा प्रकाशित

वीरगन्ज, १७ मंसिर– राष्ट्रपति डा. रामवरण यादवले मधेसमा शिक्षाको अवस्था नाजुक भएको बताएका छन् । राष्ट्रपति यादवले निरक्षरता उन्मूलन भएमात्र मुलुकमा शान्ति र समृद्धि सम्भव हुने समेत जिकिर गरेका हुन् ।

rambaran
सुन्दरमल रामकुमार कन्या उच्च मावि वीरगन्जको हीरक महोत्सवको आज यहा“ उद्घाटन गर्दै उनले भने, ‘समाजमा शान्ति, अमनचयन र समृद्धिका लागि समयानुकूल शिक्षा र सोही प्रकारको संस्कृतिको आवश्यकता छ ।’
राष्ट्रपति यादवले मुलुकको शान्ति र समृद्धिका लागि अति आवश्यक रहेको शिक्षा र स्वास्थ्यको विकास तथा वातावरण संरक्षणजस्ता सामाजिक कार्य सबैको साझा दायित्वभित्र पर्ने भन्दै लोकतन्त्र, सङ्घीयता राष्ट्रिय एकता र अखण्डतालाई कायम राखी शान्ति र समृद्धिको बाटोमा लाग्न सबैसँग आग्रह गरे ।
विशेषगरी तराई मधेसमा शिक्षाको अवस्था नाजुक छ, त्यसमा पनि नारी शिक्षाको अवस्था अत्यन्त नाजुक रहेको बेलामा नारी सशक्तीकरणका लागि यहा“का उद्योगी र शिक्षाप्रेमीको अगुवाइमा कन्या विद्यालय स्थापना हुनु अत्यन्त सराह्रनीय कार्य रहेको चर्चा गर्दै राष्ट्रपति डा यादवले नारी शिक्षाको उन्नयनमा समाजका हरेक व्यक्ति अगाडि आउनुपर्ने बताए ।

समाजसेवी स्वर्गीय महावीरप्रसाद तथा स्व वृजलाल केडियाले २०१० सालमा स्थापना गरेको विद्यालय २०२३ सालमा सरकारी विद्यालयमार्फत माध्यमिक तहको मान्यता पाएको थियो । तराईकै पहिलो कन्या विद्यालयको रुपमा रहेको यो विद्यालय २०६७ सालदेखि उच्च माविमा स्तरोन्नति भएको हो ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us