देव गुरुङ भन्छन्, ‘हतियार उठाउने सल्लाह हुँदै गर्दा विप्लव डराएर भागे’

काठमाण्डु टुडे २०७१ मंसिर १७ गते १०:१८ मा प्रकाशित

Dev-Gurungनवलपरासी, १७ मंसिर– नेकपा– माओवादीका सचिव देव गुरुङले आफूहरुबीच हतियार उठाउने विषयमा सल्लाह भइरहेकै बेला नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले पार्टी छाडेको खुलासा गरेका छन् ।

क्रान्तिकारी पत्रकार महासंघले बुधबार कावासोतीमा गरको पत्रकार भेटघाटमा गुरुङले हतियार उठाउने योजना भाँड्न चन्दले पार्टी छाडेको आरोप लगाए ।

चन्द समूहले पार्टी फुटको औचित्य सिद्द गर्न नसक्ने दाबी उनको थियो । ‘किन, कहिले र कसरी हतियार उठाउने भन्नेमा पार्टीमा बहस चल्दै थियो’, गुरुङले भने, ‘ उनीहरुले पार्टी फुटको औचित्य सिद्ध गर्न सक्दैनन् ।’

उनले विप्लव क्रान्तिबाट डराएर भागेको आरोपसमेत लगाए । अर्को एक फरक प्रसंगमा गुरुङले वर्तमान संविधानसभा विघटन गरी सर्वपक्षीय राष्ट्रिय सम्मेलन गर्नुपर्नेमा जोड दिए ।

काँग्रेस–एमाले दुई तिहाईको दम्भ देखाएर एक्लै अघि बढ्न खोजेकाले ८ माघमा संविधान आउने सम्भावना समाप्त भएको गुरुङले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us