युवतीलाई सामूहिक बलात्कारपछि झुण्ड्याएर मार्नेहरु जेल चलान

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते १२:०५ मा प्रकाशित

महोत्तरी, १८ मंसिर– सामूहिक बलात्कारपछि झुण्डाएर हत्या गर्ने कार्यमा संलग्न दुई जना पुर्पक्षका लागि जेल गएका छन् ।
जेल चलान हुनेमा गौशाला नगरपालिका– ११ का १९ वर्षीय लक्ष्मण मुखिया र श्रीपुर गाविस–३ का ४२ वर्षीय श्यामकुमार राय छन् ।

उनीहरुलाई जिल्ला अदालत महोत्तरीले घटनामा संलग्न रहेको भन्दै र्पक्षका लागि बिहीबार थुनामा पठाएको हो ।

मुखिया र रायले श्रीपुर गाविस २ की एक २० वर्षीया युवतीलाई गत ६ साउनमा बलात्कार गरी साडीको पासोमा आापको रुखा झुण्डाएर मारेका थिए ।

घटनापछि फरार रहेका उनीहरु २० कात्तिमा भारतबाट नेपाल फर्कन लाग्दा सीमा क्षेत्रबाट पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us