
काठमाण्डु, १८ मंसिर– नेकपा–माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ ले परिवर्तनविरोधी शक्ति हाबी भएका कारण संविधानसभाबाट संविधान जारी हुन नसक्ने बताएका छन् ।
पार्टीको पर्सा जिल्ला समितिले बिहीबार गरेको कार्यक्रममा महासचिव थापाले संविधानसभालाई नक्कलीको संज्ञा दिए ।
आफूहरु सडक आन्दोलनबाटै संविधान घोषणा गर्ने पक्षमा रहेको उनको भनाइ थियो ।
थापाले वर्तमान संविधानसभा साम्राज्यवादीहरुको डिजाइनमा गठन भएको दाबीसमेत गरे । दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीनले नेपाल विखण्डनको ग्राण्ड डिजाइनअनुसार कलम चालिरहेके दाबी थापाले गरे ।
थापाले सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।