वैद्यलाई छाडेर को-को गए चन्दको पार्टीमा ?

काठमाण्डु टुडे २०७१ मंसिर १८ गते १४:१३ मा प्रकाशित

mohan baidhya-netra bikram chandकैलाली, १८ मंसिर- मोहन वैद्य नेतृत्वको नेकपा माओवादीका सुदूरपश्चिमका अधिकांश केन्द्रीय स्तरका नेता नेक्रविक्रम चन्द नेतृत्वको नवगठित नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

सेती महाकाली राज्य समिति इन्चार्ज ओमप्रकाश पुन र सहइन्चार्ज शदरसिंह भण्डारी लगायतका नेताहरु चन्द नेतृत्वको नेकपा माओवादीमा लागेका हुन् ।

भण्डारी पहिलो संविधानसभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट विजयी सभासद समेत हुन्।

सेती महाकाली र थारुवान राज्य समितिका अधिकांश केन्द्रीय सदस्य तथा जिल्ला नेताहरु नयाँ पार्टीमा लागेको दाबी पुनले गरेका छन् ।

सेती महाकाली राज्यका १० मध्ये ८ केन्द्रीय सदस्य चन्द पक्षमा लागेका छन् ।
कैलालीबाट केन्द्रीय सदस्य हेमराज भट्टराई, भगत बडुवाल, रुपा चौधरी तथा जिल्ला सहसेक्रेटरी महेश बडुवाल नयाँ पार्टीतिर लागेका छन् ।

भट्टराई नेकपा–माओवादीमा हुँदा जिल्ला इन्चार्ज समेत भएका थिए भने बडुवाल र चौधरी पूर्व सभासद हुन् । बडुवाल कैलाली क्षेत्र नम्बर २ र चौधरी क्षेत्र नम्बर १ बाट विजयी सभासद हुन् ।

केन्द्रीय सदस्यहरु कञ्चनपुरका देवीदत्त पाण्डेय, अछामका आरपी तिमिल्सेना र बझाङका शंकरबहादुर खड्का पनि चन्दतिरै गएका छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us