
सिरहा, १८ मंसिर– राष्ट्रपति रामवरण यादवले चुरे क्षेत्रको संरक्षण गर्न नसके तराई बर्बाद हुने बताएका छन् ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत भएको वृक्षरोपणको अवलोकन गर्न सिरहाको गोविन्दपुर पुगेका राष्ट्रपतिले त्यस्तो बताएका हुन् ।
एनले चुरे विनास हुन लागेपछि त्यसको प्रत्यक्ष असर तराईका जिल्लामा परेको बताए । चुरे संरक्षणको अभावमा तराईका जिल्लामा पानी, दूध, दही, माछा, काठ दाउरा र धानको अभाव हुन थालेको उनको भनाइ थियो ।
‘पहिले पनि पानी पर्दथ्यो, बाढी आउँथ्यो तर केही क्षति हुँदैनथ्यो । अहिले किन यति क्षति हुन्छ ? मुख्य कारण हो चुरे जोगाउन नसक्नु । त्यसैले सबै मिलेर चुरे संरक्षण गर्नुको विकल्प छैन ।’