रेडियो नेपालका कर्मचारीको प्रमाणपत्रै नक्कली

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते १२:१७ मा प्रकाशित

RADIO Nepal_logoकाठमाण्डु, १९ मंसिर– रेडियो नेपालमा कार्यरत एक कर्मचारीले बढुवामा पेश गरेको प्रमाणपत्र नक्कली भएको अख्तियारले फेला पारेको छ । रेडियो प्रसार सेवा समिति (रेडियो नेपाल) मा कार्यरत तत्कालीन वरिष्ठ प्राविधिक सहायक राजकुमार खड्काविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आ आरोपपत्र दायर गरेको हो ।

खड्काले बढुवा प्रयोजनका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिन आएकाले उनीमाथि हदैसम्मको दण्ड सजाय मागदाबीका साथ विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी आजै आयोगले वारा जिल्ला वरैनियाका तत्कालीन गाविस सचिव हरिनारायणप्रसाद साहले कानुनविपरीत खर्च र भत्ता लिएको पुष्टि भएकाले उनीमाथि जम्मा बिगो रु सात लाख चार हजार तीन सय मागदाबीका साथ आरोपपत्र दायर गरेको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us