राष्ट्रपतिले देखाए वीर अस्पतालमा दाँत

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते १३:४९ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– राष्ट्रपति डा रामवरण यादव आफ्नो नियमित स्वास्थ्य परीक्षणअन्तर्गत वीर अस्पताल गएर आज दाँतको परीक्षण गराएका छन् ।

rambaran
वीर अस्पतालका वरिष्ठ दन्त विशेषज्ञ चिकित्सकद्वय शैली प्रधान र सरिता जोशीले राष्ट्रपति यादवको दाँतको परीक्षण गरी उपचार गरेका थिए । राष्ट्रपति यादवको दाँतमा कुनै खराबी नदेखिएको र अस्पतालमा करीब एक घण्टा रहेको वीर अस्पतालका निर्देशक प्रा डा स्वयंप्रकाश पण्डितले जानकारी दिए ।
उनले राष्ट्रपति यादव आफ्नो स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा आई नियमित रुपमा स्वास्थ्य परीक्षण गराइरहने बताए । राष्ट्रपति यादव राजनीतिमा सक्रिय हुनुपूर्व सोही अस्पतालमा कार्यरतसमेत थिए ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us