दुबईमा मृत्युदण्ड सुनाइएका राईको जीवन रक्षा माग

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते १०:०७ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– दुबईमा मृत्यु दण्डको सजाय सुनाइएका सङ्खुवासभा मस्से पोखरा गाविस–३ का अनिश खालिङ राईको जीवनरक्षाका निम्ति आग्रह गरिएको छ ।

अनिश खालिङ राई बचाऔँ अभियान समितिद्वारा काठमाण्डुमा शुक्रबा। आयोजित पत्रकार सम्मेलनमा राईका आफन्तले उनको जीवनरक्षाका लागि तत्काल पहल थाल्न सरकारसँग आग्रह गरेका हुन् ।
वैदेशिक रोजगारीका सिलसिलामा २०६८ सालमा दुबई गएका राईलाई २०६९ सालमा ज्यान मुद्दाको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो ।
राईका आफन्त प्रकाश खालिङले भन्नुभयो, ‘अनिशलाई मृत्युदण्डको सजायबाट उन्मुक्ति दिलाउनका लागि अबको प्रक्रियाबारे स्पष्ट पार्दै उसलाई जतिसक्दो चाँडो घर फर्काउन जिम्मेवारीका हिसाबले संवेदनशील एवम् तदारुकताका साथ सरकार लाग्नुपर्छ ।’

 

अभियान समितिका सञ्चार संयोजक खालिङले समितिले २०७१ साल साउन २९ गते दुबई अदालतबाट माग भएको ब्लडमनी (क्षतिपूर्ति) बापत दुबई अदालतलाई पठाएको तीन लाख पाँच हजार नेपाल फिर्ता आएको भनी सञ्चारमाध्यममा आएको खबरबारे आफूहरुलाई जानकारी नभएको बताए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us