बलात्कारीसँगै बिहे गर्न प्रहरीको दबाब

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ८:२८ मा प्रकाशित

rapeकाठमाण्डु, १९ मंसिर– भारतीय प्रहरीले सामूहिक बलात्कारमा परेकी नेपाली किशोरीको विवाह बलात्कारीसँगै गराइदिन पीडित परिवारलाई दबाब दिएको छ ।
बर्दिया ढोढरी– ४ धनौराकी १७ वर्षीया किशोरी आफन्तसँग भारत बहराइच जिल्लास्थित बिछिया कटरियाबाबामा राम विवाह मेला हेर्न गएका बेला गत मंसिर १२ गते राति बलात्कारमा परेकी थिइन् ।

भारतीय प्रहरीले किशोरी बलात्कार गर्नेमध्येका राजु चौधरीसँग विवाह गर्न दबाब दिएको आफन्तले बताएका छन् । पीडित युवती अहिले भारतीय महिला प्रहरीको संरक्षणमा छिन् ।

कम्लरीको हितमा काम गर्ने संस्था नेपाल युथ फाउन्डेसनका कानुन अधिकृत फक्ला थारूले युवती र उनका परिवारलाई पटकपटक बलाकारीसँगै विवाह गर्न दबाब आइरहेको बताए ।

नेपाली अधिकारी र दुवै देशका मानवअधिकारकर्मीको दबाबमा प्रहरीले बलात्कारमा संलग्नमध्ये श्यामदेव चौधरी, किशुन चौधरी, राजन चौधरी र राजु चौधरीलाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us