मधेसी नेता फकाउन ओलीले भतेर पकाए

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते ९:३३ मा प्रकाशित

oli-madhesiकाठमाण्डु, १९ मंसिर– दलहरु संविधान निर्माणको काम छाडेर भित्रभित्रै सत्ता परिवर्तनको खेलमा सक्रिय भइरहेका बेला एमाले र मधेस केन्द्रित दलको नेताबीच शुक्रबार छलफल भएको छ, त्यो पनि भोजभतेर सहित ।

छलफल एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको हो ।

बिहान ११ बजेबाट जारी लञ्चसहितको बैठकमा एमालेबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्षत्रय बामदेव गौतम, भिम रावल र विद्यादेवी भण्डारी तथा मधेसवादी दलका प्रमुख नेता सहभागी थिए ।

केही दिनअघि सिंहदरबारमा बोलाएर एमाले नेताहरुले सरकारमा आउन मधेसवादी दललाई आग्रह गरेका थिए ।

त्यसबारे आन्तरिक गृहकार्य गरी पुन: छलफलमा बस्ने सहमतिअनुरुप आज पुन: छलफल भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us