मोदी सुशीलका पनि प्रधानमन्त्री हुन्, उनैको क्यारिकेचर गरेपछि सेन्सर लाग्दैन त ?

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते १०:१७ मा प्रकाशित

jitu nepalमानिसहरु बुझ्दैनन् या बुझेर पनि बुझ पचाउँछन् म जान्दिन । यो नेपाल भन्ने देश नै भारतले चलाएको हो । हाम्रो देशका प्रधानमन्त्री सुशील हुँदै होइनन् । नरेन्द्र मोदी नै यो देशको प्रधानमन्त्री हुन् ।

मोदीको त कुरै छाड्नुस् मोदीको रौंले फोन गरेर ‘क्या कर रहा है भाई, हमारा मोदीजीका खिल्ली उडा रहा है न ? भन्यो भने पनि यहाँ गडबड हुन्छ ।

तीतो सत्यले विषयवस्तु राम्रो ल्याएको हो । विषयवस्तु राम्रो ल्याएको हो । तीतो सत्यमा नक्कली मोदी भन्ने जिरे खुर्सानीका कलाकार शिवहरि बैरागी हुन् । दिपकजीले मसँग सल्लाह गरेरै शिवहरिजीलाई नक्कली मोदी बनाउन लानुभएको हो । मेले त्यतिबेलै दीपकजीलाई भनेको थिएँ, यसो नगर्नुस्, सेन्सर गरेर कार्यक्रम बजाउनै दिँदैनन् । उहाँले मेरो कुरा मान्नु भएन । उहाँले कार्यक्रम जान्छ ।

आखिर क्यारिकेचर हो केही हुँदैन भन्नुभयो । हाम्रा प्रधानमन्त्रीका पनि प्रधानमन्त्री मोदीको क्यारिकेचर गर्ने हैसियत हाम्रो पुग्दैन । अर्को कुरा मोदी आफैं यति ठूला कलाकार हुन् कि उनको अगाडि हामी के फिस्टे । अनि उनको क्यारिकेचर हामीले गरेर हुन्छ ? अर्को कुरा हाम्रा हाँस्य ब्यङ्ग्यवाला साथीहरुसँग पनि मेरो गुनासो छ ।

क्यारिकेचर गर्न मानिस आफैंलाई उभ्याएपछि त्यो क्यारिकेचर नै भएन नि । सुशील कोइरालाको क्यारिकेचर नक्कली सुशील कोइरालाले गर्ने होइन भन्छु म । आफ्नो क्यारिकेचर गर्न सुशील आफैं उभिएपछि त त्यो क्यारिकेचर नै भएन, अभिनय भयो ।

स्टेज कार्यक्रममा व्यक्ति नै उभिएर क्यारिकेचर गर्न मिल्छ । तर टेलिभिजन कार्यक्रममा त्यो राम्रो देखिँदैन । हामीले त्यस्तो गर्ने गरेको पनि छैनौं । हामीले पनि स्टेजमा भृकुटीमण्डपमा जय मोदेश्वर देखाएका हौं । टिभीमा भने त्यसो गर्दैनौं । तर तीतो सत्यमाथि जसरी सेन्सर गरियो । त्यसबाट दुःख लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us