घाँटीमा खुकुरी राखेर हिन्दू राष्ट्रका लागि मर्छु र मार्छु भन्ने यी को हुन् ?

काठमाण्डु टुडे २०७१ मंसिर १९ गते १४:२३ मा प्रकाशित

santaकाठमाण्डु, १९ मंसिर– ‘हिन्दू राष्ट्र स्थापनाको अभियानमा जुटेका केही व्यक्तिले आफूहरु मर्न र मार्न तयार रहेको चेतावनी दिएका छन् ।

‘सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति’ ले शुक्रबार काठमाण्डुको तिनकुनेमा गरेको कार्यक्रममा उनीहरुले यस्तो धम्कीपूर्ण अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा सन्तश्री  निवास आचार्यले हिन्दू राष्ट्र नभए  आफूहरु मर्न र मार्न पछि नपर्ने धम्की दिए ।

शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको भन्दै रत्नपार्ककको अनसनबाट बलपूर्वक हटाइएकामा आपत्ति जनाउँदै फेरि अनसन थाल्ने उदघोष गरे ।

सभामा सन्त आचार्यका साथै हिन्दू राष्ट्र संघर्ष समिति संयोजक हरिबोल भट्टराई, माधव भट्टराई, कुमार रेग्मीलगायतले सम्बोधन गरेका थिए ।
उनीहरुले नेपाल हिन्दू राष्ट्र कायम नभएसम्म आन्दोलन नरोकिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us