राजनीति

आन्तरिक विवादपछि राजावादीद्वारा उपत्यका बन्दको कार्यक्रम फिर्ता

२०८२ जेठ १९ गते ६:०३

  काठमाण्डू, १९ जेठ–आन्दोलनरत राजावादीहरुले आजका लागि घोषित उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएका छन् । ‘राजतन्त्र पुनस्र्थापनाका लागि गठित’ संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति गरेर आज उपत्यका बन्दको उपत्यका बन्दको घोषणा गरेका थिए । आइतबार आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा नेपालका...

राजावादी समूहभित्र उपत्यका बन्दको विषयमा विवाद, लिङदेनद्वारा बन्दमा सहभागी नहुने घोषणा

२०८२ जेठ १९ गते ५:५४

काठमाण्डू, १९ जेठ–आन्दोलनरत राजावादी समूहहरुबीच उपत्यका बन्द गर्ने विषयलाई लिएर विवाद भएको छ । ‘राजतन्त्र पुनस्र्थापनाका लागि गठित’ संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति गरेर आज उपत्यका बन्दको उपत्यका बन्दको घोषणा गरेका थिए । तर, प्रमुख राजावादी घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

कमल थापा भन्छन्ः प्रहरीले मलाई पटकपटक बुटले हिर्काए 

२०८२ जेठ १९ गते ५:२३

काठमाण्डू, १९ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रहरीले आफूमाथि पटकपटक लात्तीले हिर्काएको बताएका छन् । निषेधित क्षेत्र तोडेपछि आइतबार थापालाई प्रहरीले नारायणचौर क्षेत्रबाट पक्राउ गरेको थियो । तर, राति अबेर उनी काठमाण्डू प्रहरी परिसरको हिरासतबाट मुक्त भए । लगत्तै राप्रपा कार्यालय धुम्बाराही पुगेका...

हिरासतबाट छुटेलगत्तै कमल थापा लिङदेन भेट्न धुम्बाराही पुगे

२०८२ जेठ १८ गते २२:१७

काठमाण्डू, १८ जेठ– प्रहरी हिरासतबाट रिहा भएलगत्तै राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भेट्न धुम्बाराही पुगेका छन् । राति काठमाण्डू प्रहरी परिसरबाट रिहा भएलगत्तै थापा र राप्रपा कार्यसम्पादन समिति सदस्य एवं सांसद दीपकबहादुर सिंह धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय पुगेका हुन् ।...

राजावादीद्वारा उपत्यका बन्दको घोषणा

२०८२ जेठ १८ गते २१:५७

काठमाण्डू, १८ जेठ– राजावादीले सोमबार काठमाण्डू उपत्उका बन्दको घोषणा गरेको छ । राजसंस्था पुनर्स्थापनाका लागि नवराज सुवेदी नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उपत्यका बन्दको घोषणा गरेका हुन् । आफूहरूको आन्दोलनमा सरकारले बर्बर दमन गरेकाले आन्दोलनको...

राजावादीले कोटेश्वर, सिफल र बल्खुबाहेक अन्यत्र प्रदर्शन गर्न नपाउने

२०८२ जेठ १८ गते २१:४२

काठमाण्डू, १८ जेठ– सरकारले राजावादी समूहलाई लक्षित गरी काठमाण्डूका तीन ठाउँबाहेक अन्यत्र प्रदर्शन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आइतबार एक सूचना जारी गर्दै कोटेश्वर, बल्खु र चाबहिलको सिफल चौर क्षेत्रमा मात्र प्रदर्शन गर्न दिने भनेको हो । प्रमुख जिल्ला अधिकारी...

वाइसीएललाई प्रचण्डको निर्देशनः राजावादीलाई इँटको जवाफ पत्थरले दिनुस्

२०८२ जेठ १८ गते २१:२९

काठमाण्डू, १८ जेठ– माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीप्रति लक्षित गरी इँटको जवाफ पत्थरले दिनुपर्ने बताएका छन् । योङ कम्युनिष्ट लिग (वाइसीएल) को तेस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले आफूहरूले शान्तिपूर्ण रूपमा बस्ने तर आफूहरूमाथि जाइलागे इँटको जवाफ पत्थरले दिने बताए...

कमल थापा र दीपक सिंह रिहा

२०८२ जेठ १८ गते २१:२४

काठमाण्डू, १८ जेठ–राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद् दीपक सिंहसहित ७ राजावादी रिहा भएका छन् । थापालाई राजावादीको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि आइतबार नक्साल नारायणचौरबाट नियन्त्रणमा लिएको थियो । थापालाई भेट्न काठमाण्डू प्रहरी परिसर पुगेका सिंहलाई पनि प्रहरीले केही घण्टा हिरासतमा...

राप्रपा सांसद सिंह प्रहरी परिसरबाटै पक्राउ

२०८२ जेठ १८ गते १७:४६

काठमाण्डू, १८ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंह प्रहरी परिसरबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता एसपी अपिलराज बोहराले उनी पक्राउ परेको पुष्टि गरेका छन । उनले आन्दोलनकै क्रममा सिंहमाथि प्रहरीले निगरानी गरिराखेको बताउँदै भने, ‘प्रहरी परिसर आएका बेला...

कमल थापा पक्राउपछि राप्रपा नेपालले बोलायो आकस्मिक बैठक

२०८२ जेठ १८ गते १७:४०

काठमाण्डू, १८ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेपछि राप्रपा नेपालले केन्द्रीय पदाधिकारी तथा कार्य सम्पादन समितिका सदस्यहरूको आकस्मिक बैठक बोलाएको छ । पार्टी महामन्त्री राजाराम बर्तौलाले आइतबार अपराह्न पार्टी केन्द्रीय कार्यालय सिफलमा आकस्मिक बैठक बस्न लागेको जानकारी दिए । पार्टी अध्यक्ष तथा...

पेट्रोलियम पदार्थको प्रयोग घटाएर विद्युत्‌को बढाऔंः देउवा

२०८२ जेठ १८ गते १७:३५

काठमाण्डू, १८ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै स्वदेशमै उत्पादन हुने स्वच्छ विद्युत् प्रयोग गर्नु अबको आवश्यकता भएको बताएका छन । आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस...

इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्, राजावादी छाडा हुँदैछन्ः प्रचण्ड

२०८२ जेठ १८ गते १७:१७

काठमाण्डू, १८ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको दाबी गरेको छ । पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us