अन्तर्राष्ट्रिय

अमेरिका र क्यानडामा अत्यधिक चिसो, १६ जनाको मृत्यु

२०७० पुष २२ गते २:५४

काठमाण्डु, २२ पुस– ध्रुविया चक्रवातका कारण संयुक्त राज्य अमेरिका र उत्तर अमेरिकाका विभिन्न भागहरुको मौसम असामान्य रुपमा चिसिएको छ । संयुक्त राज्य अमेरिका र क्यानाडाका केहि भागमा २ फिटसम्म हिउँ जमेको छ । केहि दिन यता जाडोका कारण उत्तर अमेरिकामा १६ जनाको मृत्यु भईसकेको...

बंगलादेशमा आजदेखि दुई दिने आमहड्ताल

२०७० पुष २२ गते २:०३

काठमाण्डु, २२ पुस–बंगलादेशमा विपक्षी पार्टीहरुले सोमबारदेखि दुई दिने आमहड्ताल आह्वान गरेका छन् । आइतबार भएको आम निर्वाचन रद्ध गर्न माग गर्दै विपक्षी पार्टीहरुले हड्ताल आह्वान गरेका हुन् । निर्वाचन निष्पक्ष नभएकोले रद्ध गर्नुपर्ने बंगलादेश नेशनलिस्ट पार्टी बीएनपी लगायत विपक्षी दलहरुको माग छ । प्रधानमन्त्री...

तनावबीच बंगलादेशमा चुनाव, १५ को मृत्यु

२०७० पुष २१ गते १४:०४

ढाका, २१ पुस– बंगलादेशमा आइतबार प्रतिपक्षी दलहरूले बहिष्कार गरेको निर्वाचनमा हजारौँ प्रदर्शनकारीहरूले मतदान केन्द्रमा अग्निबम प्रहार गरे भने मुलुकभर फैलिएको हिंसामा १५ व्यक्तिको मृत्युभयो । प्रदर्शनकारीहरूले निर्वाचन बिथोल्न दुई सय भन्दा बढी मतदान केन्द्रमा आगो लगाउँदै मतपत्र जलाएपछि प्रहरीले गोली प्रहार गरेको थियो ।...

बंगलादेशमा मतदानका क्रममा ५ को मृत्यु

२०७० पुष २१ गते ९:३८

ढाका, २१ पुस– बंगलादेशमा आइतबार भइरहेको मतदानको क्रममा एक मतदान अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बंगलादेशको उत्तरपश्चिम भागमा पर्ने थाकुर्गाओन जिल्लाको मतदान केन्द्रमा मतदान सञ्चालनको लागि खटिएका ४५ वर्षीय जोबाइदुर रहमानको अज्ञात व्यक्तिको आक्रमणमा मृत्यृ भएको हो । थाकुर्गाओन जिल्ला बंगलादेशको राजधानी...

ईराकको फल्लुजाह शहर विद्रोहीको नियन्त्रणमा

२०७० पुष २१ गते २:२५

काठमाण्डु, २१ पुस–ईराकमा सुन्नी लडाकुहरुले महत्वपूर्ण शहर फल्लुजाहलाई नियन्त्रणमा लिएका छन् । राजधानी बगदादको पश्चिममा पर्ने महत्वपूर्ण शहर फल्लुजाहमा केहि दिन यता अलकायदा समर्थक सुन्नी मुसमान समुदायसँगको भिडन्त पछि ईराकी सरकारले सो शहरमाथिको नियन्त्रण गुमाएको जनाईएको छ । सत्तारुढ शिया समुदाय विरुद्ध आन्दोलनमा रहेका...

चुनाव अघि बंगलादेशमा आम हड्ताल

२०७० पुष २० गते ८:५९

ढाका, २० पुस– बंगलादेशमा शनिबार निर्वाचन पूर्व विपक्षी दलले ४८ घण्टे आमहडतालको घोषणा गरेको छ । बंगलादेश नेसनालिस्ट पार्टीले शनिबारको निर्वाचन बहिष्कार गरी निर्वाचन रोक्न आम हड्तालको घोषणा गरेको हो । बीएनपीका नेता खालेदा जियालाई सरकारले घरैमा नियन्त्रणमा राखेको छ र उनले यो निर्वाचन...

बंगलादेशमा आइतबार निर्वाचन

२०७० पुष १९ गते ९:४२

ढाका, १९ पुस– बंगलादेशमा आउँदो आइतबार आमनिर्वाचन हुँदैछ । तर विपक्षीदलहरुले सो निर्वाचन बहिस्कार गरेका कारण थप हिंसा हुनसक्न आशंका गरेका छन् । विगतका केही महिनादेखि यस्तो हिंसा जारी नै रहेको छ । सरकारले सोही हिंसाकै बीचमा यही जनवरी पाँचका लागि निर्वाचनको घोषणा गरेको...

चुनावपछि सत्ता छोड्छु : मनमोहन सिंह

२०७० पुष १९ गते ९:०२

नयाँ दिल्ली, १९ पुस– भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले आगामी निर्वाचनपछि सत्ता छोड्ने बताएका छन् । उनले आगामी चुनावपछि आफू प्रधानमन्त्रीको पदमा पुनः नआउने निश्चित रहेकाले नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने बताए । उनले आफ्नै पार्टीले सरकार बनाउने अवस्था आएपनि आफू तेस्रो पटक सत्ता...

लेबनानमा कार बम विष्फोट, पाँचजनाको मृत्यु

२०७० पुष १९ गते २:३६

काठमाण्डु, १९ पुस–लेबनानको राजधानी बेरुतमा शुक्रबार भएको कार बम बिष्फोटमा कम्तिमा पाँचजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । विष्फोटबाट वरपरका भौतिक संरचना र सवारी साधनहरु ध्वस्त भएका छन् । विष्फोटमा कस्को संलग्नता छ भन्ने खुलेको छैन । यद्यपी बेरुतको दक्षिण...

इराकका सहर अल कायदाको नियन्त्रणमा

२०७० पुष १८ गते १४:००

इराक, १८ पुस– इराकको फाल्लुजानको आधा भन्दा बढी सहर र रमाडी सहरको एक भागमा बुधबार अलकायदले नियन्त्रणमा लिएको छ । सहरको सडक सुरक्षाकर्मीको उपस्थित नरहेको अधिकारीहरुले बताएका छन् । रमाडी सहरको पूर्वी भागमा दर्जनौं ट्रकमा सशस्त्र हतियारधारीहरूले सडकमा गस्ती गरिरहेका छन् । इस्लामिक राज्य...

बाढीबाट १६ हजार घरवारविहीन

२०७० पुष १८ गते १३:५५

लिमा, १८ पुस– पेरुको दक्षिण भागमा पर्ने आन्डेआन कुस्को क्षेत्रमा पर्ने एक नदीमा भारी वर्षापछि बुधबार आएको बाढीेको कारण १६ हजार स्थानीय बासिन्दा घरवारविहीन भएका छन् । पेरुको राजधानी लिमाबाट एक हजार १ सय ५१ किलोमिटर दक्षिणपूर्वमा पर्ने दुर्गम क्षेत्रमा बुधबार विहान आएको बाढीबाट...

सुडान सरकार र विद्रोहीका प्रतिनिधि इथोपियामा

२०७० पुष १८ गते ९:४०

इथोपिया, १८ पुस–दक्षिण सुडानमा करिब तीन हप्तायता जारी रहेको द्वन्द्व अन्त्यका  लागि  सरकार र विद्रोही नेताबीच हुने भनिएको शान्तिवार्ताका लागि दुवै पक्षका प्रतिनिधि बिहीबार इथोपियाको राजधानी आडिस् आबाबा पुगेका छन । हालैका दिनमा जारी रहेको भनिएको सो द्वन्द्वको अन्त्यका लागि वार्ताको प्रयास भने भइरहेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us