काठमाण्डु, १४ पुस– दक्षिण सुडानमा केही हप्ता यता जारी हिंसा अझै रोकिएको छैन । विद्रोहीहरुले देशका तेल कारखानादेखि बिभिन्न शहरहरु पनि कब्जामा लिएका छन् । बोर शहरमा हजारौं युवाहरुले विद्रोही नेता रिक माचारको समर्थन गर्दै मार्चपास गरेका छन् । सरकारले आन्दोलन दबाउने कोशिश गरे...
याङ्गोन, १३ पुस–म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ्सान सुकीको दलले आम निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । शनिबार बसेको उनको दल नेशनल लिग फर डेमोक्र्यासीको बैठकले सो निर्णय गरेको हो । म्यानमारमा आगामी सन् २०१५ मा आम निर्वाचन हुने भएको छ । हालको संविधानमा संशोधन...
ढाका, १३ पुस–बङ्गलादेशका विपक्षी दलहरुले आगामी निर्वाचनको विरोधमा प्रतिबन्ध लगाउने गरी आइतबार गर्न लागेको व्यापक विरोध प्रदर्शनको पूर्व सन्ध्यामा त्यहाँको प्रहरीले ठूलो मात्रामा विपक्षी दलका कार्यकर्ता पक्राउ गरेको छ । बङ्गलादेशको सरकारले गरेको निर्वाचनको घोषणाका विरुद्धमा विपक्षीहरुले विरोध प्रदर्शन जारी नै राखेका छन् ।...
श्रीनगर (भारत), १२ पुस– कश्मीरमा लामो समयसम्म कायम द्वन्द्वकालमा वेपत्ता भएका पुरुषका श्रीमतीलाई उनीहरूका पति चारवर्ष भन्दा बढी अवधि हराएको देखिएमा पुनः विवाह गर्न अनुमति दिइनुपर्ने निर्णय इस्लामी धार्मिक विद्वानहरूले दिएका छन् । भारतको नियन्त्रणमा रहेका कश्मीरमा हजारौं महिलाका पति वेपत्ता भएका छन् उनीहरूको...
काबुल, १२ पुस–अफगानिस्तानको काबुलमा शुक्रबार नेटो सैनिकको सुरक्षा गस्तीमाथि निकै शक्तिशाली बम विस्फोट गराइएको छ । सो गस्तीमाथि भएको आत्मघाती बम हमलामा परी कयौँ सैनिक मारिएको आशङ्का गरिएको छ । तर क्षतिको पूर्ण विवरण भने प्राप्त भएको छैन । एक अफगान प्रहरीले आफ्नो नाम...
बैंकक, १२ पुस–थाइल्याण्डले आगामी निर्वाचनमा सेना परिचालन गर्ने संकेत दिएको छ । प्रधानमन्त्री यिङ्लक सिनावात्राले यसका लागि सेनाको सहयोग लिने संकेत गरेकी हुन । निर्वाचन आयोगको उक्त आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्रीले निर्वाचनको प्रयोजनका लागि आवश्यक मात्रामा सेनाको प्रबन्ध गर्न निर्देशन दिने तयारी गर्नुभएको समाचारमा...
बैंकक, १२ पुस–थाइल्यान्डको फेल्चाबुन प्रान्तको लाम साक जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा २९ जनाको मृत्यु भएको छ । थाइल्यान्डको राजधानी बैंककको उत्तर–पूर्वी पर्ने सो स्थानमा नयाँ वर्ष मनाउने क्रममा यात्रा गरिरहेका ४० यात्रु सवार रहेका एक बस बिहीबार मध्यराति दुर्घटनाग्रस्त भएको हो । सो...
काठमाण्डु, १२ पुस–अमेरिकाले अलकायदा विद्रोहीहरुसँग लड्न इराकमा दर्जनौं मिसाइल पठाएको छ । अकाशबाट जमिनमा मार हान्न सकिने ७५ वटा मिसाइल अमेरिकाले इराक पठाएको छ । आउँदो बर्षमा चालक रहित विमान पनि पठाउने अमेरिकाको तयारी छ । इराकी सुरक्षा बलले सीरियासँग जोडिको प्रान्तमा अलकायदा विरुद्धको...
कलकत्ता, १२ पुस–भारत पश्चिम बङ्गालको जलपाईगुडी शहरमा एक साइकलमा राखेको बम विष्फोट हुदा पाँचजनाको मृत्यु भएको छ । अन्य एक दर्जन व्यक्ति घाइते भएका छन् । बहारपुर इलाकाको एक पुलमा राखिएको साइकल बम विष्फोट भएको हो । विष्फोटबाट चारजनाको घटनास्थलमै र एकजनाको अस्पतालमा उपचारको...
ढाका, १२ पुस–बंगलादेशमा आउँदो महिना हुने निर्वाचनको सुरक्षालाई ख्याल गर्दै सरकारले दशौं हजार सेना परिचालन गरेको छ । त्यहाँको विपक्षी दलकी नेतृ खालिदा जियाले देशव्यापी आन्दोलन घोषणा गरेलगत्तै सरकारले सुरक्षा सतर्कता बढाएको हो । सेनाले विपक्षी नेतृ जियाको घरसमेत घेराबन्दी गरेको छ । उहाँको...
सान्टो डोमिङ्गो (हाइटी), ११ पुस– उत्तरी हाइटीमा अवस्थित एक समुद्रमा गैरकानुनी रुपमा बुधबार यात्रा गरिरहेका सत्र जना हाइटियन नागरिकको मृत्यु भएको समाचार छ । उत्तरी हाइटीको काइकोस द्वीपमा १७ व्यक्तिको शवलाई पानीबाट निकालेको सरकरद्धारा प्रकाशित विज्ञप्तिमा बिहीबार जनाइएको छ । सो दुर्घटनाबाट अन्य ३२...
टर्कीका प्रधानमन्त्री रिजेप टाइईप एर्दोआनले मन्त्रीमण्डलमा आकस्मीक पूनर्गठन गरेका छन्। बुधबार अबेर उनले राष्ट्रपति अब्दुल्लाह गुल समक्ष प्रस्तुत गरेका सूचीमा दशजनाको नयां नाम थियो। बुधबार दिउंसो नै तीनजना मन्त्रीहरुले राजीनामा दिएपछि प्रधानमन्त्रीले मन्त्रीमण्डलमा परिवर्तन गरेका हुन्। मन्त्रीमण्डलमा गरिएको फेरबदलका बारे एउटा पत्रकार सम्मेलनमा बोल्दै...