
काठमाण्डु, १४ पुस– दक्षिण सुडानमा केही हप्ता यता जारी हिंसा अझै रोकिएको छैन । विद्रोहीहरुले देशका तेल कारखानादेखि बिभिन्न शहरहरु पनि कब्जामा लिएका छन् । बोर शहरमा हजारौं युवाहरुले विद्रोही नेता रिक माचारको समर्थन गर्दै मार्चपास गरेका छन् ।
सरकारले आन्दोलन दबाउने कोशिश गरे पनि विद्रोही पक्षले आन्दोलन रोक्ने संकेत देखाएका छैनन् ।
अहिलेसम्मको हिंसामा १ हजार भन्दा धेरैको ज्यान गैसकेको छ । हिंसाकै कारण १ लाख २१ हजार भन्दा धेरै मानिस विस्थापित भैसकेका छन् । बिस्थापित हुने क्रम बढिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दक्षिण सुडानमा राष्ट्रपति साल्भा किर र पूर्व राष्ट्रपति माचार बीचको शक्ति संघर्षका कारण शुरु भएको विवादले हिंसाको रुप लिएको हो ।