‘ग्रे लिस्ट’बाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस्ः ज्ञानबहादुर शाही

काठमाण्डु टुडे २०८२ असार ९ गते १६:१६ मा प्रकाशित

काठमाण्डू, ९ असार– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनको दरमा रेट बढाएर मुलुक ‘ग्रे लिस्ट’बाट बाहिर ननिस्कने दाबी गरेका छन ।

आज (सोमबार) बसेको अर्थ समितिको बैठकमा बोल्दै सांसद शाहीले ग्रे लिस्टबाट मुलुकलाई बाहिर ल्याउन सुनको दर रेट बढाएको भनेर झुट कुरा गरेको बताएका छन ।

आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदन र बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल भएको थियो । विधेयकले भारत गएर सुन किनेर ल्याउ र नेपालको व्यवसाय बन्द गर भन्ने किसिमको देखिएको उननको तर्क छ ।

शाहीले भने, ‘यो सुन गएर भारतबाट किनेर ल्याउ, नेपालको व्यवसाय बन्द गर भनेर भारतको एम्बेसीबाट काम भएको हो । ग्रे लिस्टबाट हट्न के गर्नुपर्छ भनेर एक पटक गुगल खोज्नुस् त । सम्पत्ति शुद्धीकरण गर्ने हो । करको दायरामा ल्याउने हो । करको दररेट बढाउने हो रु अलरेडी करको दायरामा छ त सुन ।

१० प्रतिशत छैन । जो दायरामा छैन, त्यसलाई दायरामा ल्याउने हो । ग्रे लिस्टबाट हट्न सम्पत्ति शुद्धीकरण गर्नुपर्छ ।’ उनले दररेट बढाउनु नेपालको सुन व्यवसायीहरू बन्द गर भन्नु भएको बताउँदै भने,‘हामी कमिसन खान्छौँ, पारीका व्यवसायीलाई फाइदा गर्छौँ भनेको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us