
सान्टो डोमिङ्गो (हाइटी), ११ पुस– उत्तरी हाइटीमा अवस्थित एक समुद्रमा गैरकानुनी रुपमा बुधबार यात्रा गरिरहेका सत्र जना हाइटियन नागरिकको मृत्यु भएको समाचार छ । उत्तरी हाइटीको काइकोस द्वीपमा १७ व्यक्तिको शवलाई पानीबाट निकालेको सरकरद्धारा प्रकाशित विज्ञप्तिमा बिहीबार जनाइएको छ ।
सो दुर्घटनाबाट अन्य ३२ जनालाई भने सकुशल उद्दार गरिएको पनि सो विज्ञप्तिमा प्रष्ट पारिएको छ । हाइटीयन नागरिकहरू गरिबीको कारण क्यारेबियन समुन्द्र पारगरी संयुक्त राज्य अमेरिकाको भूमि पुर्टो रिको पुग्ने गर्दछन् ।
यसै महिनामा मात्र गैरकानुनी रुपमा प्रवेश गर्न लागेका एकसय जनालाई रोकेको र करिब एक हजार ५०० व्यक्तिलाई पक्राउ गरिएको हाइटी सरकारले जानकारी दिएको छ । रासस/सिन्ह्वा