सामाजिक सुरक्षा भत्तालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने बेला आयोः एमाले सांसद विष्ट

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते १५:४० मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– एमाले सचिव समेत रहेका सांसद गोकर्ण विष्ट सरकारले दिँदै आएको सामाजिक सुरक्षालाई नयाँ ढङ्गले समीक्षा गर्नुपर्ने बताएका छन् ।

सामाजिक सुरक्षाको दायरा अहिलेको जस्तै फराकिलो हुँदै जाँदा राज्यले थेग्न नसक्ने भन्दै उनले यसलाई आगामी बजेटले समीक्षा गर्नुपर्ने धारणा राखेका छन ।

बजेटको सिद्धान्त तथा प्रथामिकताबारेको छलफलमा भाग लिँदै उनले अब सबै वर्ग भन्दा लक्षित वर्गलाई मात्रै केन्द्रित गर्ने गरी लक्ष्य पुनरावलोकन गर्नुपर्ने पनि उनले बताए । सांसद विष्टले अबको बेरोजगारी सम्बोधन बजेटको पहिलो मुद्दा हुनुपर्ने बताए ।

प्रत्येक वर्ष १४ देखि २५ वर्ष उमेर समूहको श्रमशक्ति प्रत्येक वर्ष ५ लाखको हाराहारीमा श्रम बजारमा आउने गरेको र प्रत्येक महिना ६५ हजार बिदेसिन गरेको भन्दै यसलाई सुधार गर्नुपर्ने उनको तर्क छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us