
काठमाण्डू, ३० वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा रेलको कुरा नयाँ नभएको दाबी गरेका छन । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित सिनेपाः चलचित्र छायांकन स्टुडियो निर्माण आरम्च उद्घोषण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा अब रेल नयाँ कुरो होइन । जनकपुरमा रेल कुदिरहेको छ, तपाईंहरू गीत बनाउनुहुन्छ, दार्जलिङको रेल, ‘किन जनकपुरको रेल नदेखेको रु हामीले अब जनकपुरको रेल ।’ प्रधानमन्त्रीको उक्त भनाइले हलमा हाँसोको फोहरा छुटेको थियो ।