कारको ठक्करबाट बालकको मृत्यु

काठमाण्डु टुडे २०८२ वैशाख ३० गते १५:३४ मा प्रकाशित

काठमाण्डू, ३० वैशाख– सिन्धुलीको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदा रहेको प्रहरीले जानकारी दिएको छ ।

उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।

कारको ठक्करबाट घाइते भएका सदाको दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो । प्रहरीले कारका चालक ३४ वर्षीय रामकुमार राईलाई नियन्त्रणमा लिइ घटनाको अनुसन्धान सुरु गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us