
इराक, १८ पुस– इराकको फाल्लुजानको आधा भन्दा बढी सहर र रमाडी सहरको एक भागमा बुधबार अलकायदले नियन्त्रणमा लिएको छ ।
सहरको सडक सुरक्षाकर्मीको उपस्थित नरहेको अधिकारीहरुले बताएका छन् । रमाडी सहरको पूर्वी भागमा दर्जनौं ट्रकमा सशस्त्र हतियारधारीहरूले सडकमा गस्ती गरिरहेका छन् ।
इस्लामिक राज्य इराकका ती सहरहरूमा अल कायदाआबद्ध आतङ्ककारी समूहले सडकमा गीत गाउँदै हिँडिरहेका पनि एएफपीले जनाएको छ । रासस/एएफपी