
काठमाण्डू, २९ वैशाख– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलल निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन । आज (सोमबार) आर्थिक वर्ष ०८२र८३ को बजेटका सम्बन्धमा नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।
उनले बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रको सुधारका लागि ठोस कदम चालिने पनि बताएका छन । साथै, उनले अहिले प्राप्त उपलब्धिलाई चित्त बुझाएर बस्नुपर्ने अवस्थामा नरहेको पनि बताएका छन । उनले भने, ‘हामी सुधारका एकपछि अर्को कामहरू चाल्दै जान्छौं । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि सरकार गम्भीर छ ।
हामी अहिले प्राप्त उपलब्धिहरुमा चित्त बुझाएर बस्ने अवस्थामा छैनौं । अरु थप उपलब्धि हासिल गर्ने दिशामा अघि बढ्छौं ।’ उनले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई स्पष्ट रूपमा बुझ्ने दाबी गर्दै विगतका ढिलासुस्ती र अवरोध अन्त्य गर्नेतर्फ सरकार प्रतिवद्ध रहेको पनि बताएका छन ।
निजी क्षेत्रलाई माथि उकास्नकै लागि सरकारले अध्यादेशमार्फत ३०–३२ वटा कानुनहरू संशोधन गरेको पनि बताए । उनले वर्तमान सरकार अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्वलाई राम्रोसँग बुझ्दछ । त्यही भएर हामीले सरकार बनेपछि निजी क्षेत्रले लामो समयदेखि भोगिरहेका समस्याहरू समाधान गर्ने शिलशिलामा केही महत्त्वपूर्ण प्रयासहरू गरेका छौं,’ अर्थमन्त्री पौडेलले भने, ‘अध्यादेशको माध्यमबाट करिब ३०/३२ वटा कानुनहरू परिवर्तन गरेका छौं ।
अध्यादेशबाट सुरु भएको कानुन संशोधनको प्रक्रियाले संसदबाट पूर्णता समेत प्राप्त गरेको छ । हामी ति संशोधनका प्रवन्धहरुलाई कार्यान्वयन गर्नका निम्ति आवश्यक नियमावली र निर्देशिकाहरू बनाएर अघि बढ्दैछौं ।’