चुनावपछि सत्ता छोड्छु : मनमोहन सिंह

काठमाण्डु टुडे २०७० पुष १९ गते ९:०२ मा प्रकाशित

Manamohan singhनयाँ दिल्ली, १९ पुस– भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले आगामी निर्वाचनपछि सत्ता छोड्ने बताएका छन् ।

उनले आगामी चुनावपछि आफू प्रधानमन्त्रीको पदमा पुनः नआउने निश्चित रहेकाले नयाँ प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने बताए ।

उनले आफ्नै पार्टीले सरकार बनाउने अवस्था आएपनि आफू तेस्रो पटक सत्ता साझेदारी गर्न नआउने बताए । उनले अबको केही समयमै आफूले सत्ता हस्तान्तरण गर्ने भन्दै त्यो दिन धेरै टाढा नभएको पनि बताए ।

यद्यपि सिंहले आफ्नो कार्यकालको बारेमा उठाइएको प्रश्नको जवाफ भने दिएनन् । सिंहले गएको तीन वर्षयता पहिलो पटक पत्रकार सम्मेलन गरी आफ्नो धारणा राखेका हुन् ।

भारतमा कांग्रेस आइ सत्तामा नफर्किने विश्लेषण भइरहँदा सिंहले अब राहुल गान्धी प्रधानमन्त्री बन्ने बताए ।

सिंहले भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी प्रधानमन्त्री हुनु भनेको भारतका लागि विपद आउनुजस्तै भएको समेत बताए ।

रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us