ईराकको फल्लुजाह शहर विद्रोहीको नियन्त्रणमा

काठमाण्डु टुडे २०७० पुष २१ गते २:२५ मा प्रकाशित

काठमाण्डु, २१ पुस–ईराकमा सुन्नी लडाकुहरुले महत्वपूर्ण शहर फल्लुजाहलाई नियन्त्रणमा लिएका छन् । राजधानी बगदादको पश्चिममा पर्ने महत्वपूर्ण शहर फल्लुजाहमा केहि दिन यता अलकायदा समर्थक सुन्नी मुसमान समुदायसँगको भिडन्त पछि ईराकी सरकारले सो शहरमाथिको नियन्त्रण गुमाएको जनाईएको छ ।

सत्तारुढ शिया समुदाय विरुद्ध आन्दोलनमा रहेका सुन्नी मुसलमानहरुको रमादी शहरमा रहेका शिविरहरुमा सरकारी सुरक्षा फौजले आक्रमण गरेपछि सरकारी सुरक्षाफौज र सुन्नी विद्रोहीहरुबीच झडप शुरु भएको थियो ।

अलकायदा समर्थित सुन्नी विद्रोहीहरु र सुरक्षा फौजबीच पछिल्लो केहि समययता फल्लुजाह र रमादी शहरमा युद्ध जारी थियो ।

युद्धका क्रमा पहिलोपटक कुनै शहरमा सरकारी सुरक्षा फौजले आफ्नो नियन्त्रण गुमाएको हो । शिया समुदायका देशका प्रधानमन्त्री नुरी मल्लिकले आफूहरुमाथि भेदभाव गरेको भन्दै ईराकका सुन्नी समुदाय सराकार विरुद्ध आक्रामक बन्दै आएका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार शहरमा नियन्त्रण पश्चात अलकायदाका लडाकुहरु हातमा विमानभेदी बन्दुकहरु लिएर पिकअप र ट्रकहरुमाथि चढेर प्रवेश गरेका थिए । ईराकमा प्रधानमन्त्री नुरी अल मलीकीले भने विद्रोहीहरुलाई परास्त गरि छोड्ने बताएका छन् ।

अमेरिकी सेनाले सद्दाम हुसेनलाई सत्ताच्युत गरेयता ईराक असुरक्षित बन्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us