बाढीबाट १६ हजार घरवारविहीन

काठमाण्डु टुडे २०७० पुष १८ गते १३:५५ मा प्रकाशित

लिमा, १८ पुस– पेरुको दक्षिण भागमा पर्ने आन्डेआन कुस्को क्षेत्रमा पर्ने एक नदीमा भारी वर्षापछि बुधबार आएको बाढीेको कारण १६ हजार स्थानीय बासिन्दा घरवारविहीन भएका छन् ।

पेरुको राजधानी लिमाबाट एक हजार १ सय ५१ किलोमिटर दक्षिणपूर्वमा पर्ने दुर्गम क्षेत्रमा बुधबार विहान आएको बाढीबाट धेरै मानिस घरबार विहीन भएका हुन् ।

उक्त क्षेत्रका मेयरका अनुसार नदीमा आएको सो बाढीबाट घरहरू बगाउनुकासाथै घरभित्रका सबै सरसामान नै नष्ट भएका छन् । मेयरका अनुसार केन्द्रीय सरकारलाई सो बाढीबाट पीडित व्यक्तिहरूलाई  सक्दो छिटो संकटकालीन सहयोगका लागि संचेत  गराइएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार वर्षा अझै लगातार भइरहेकोले हुनाले बाढीको मात्रा पनि अझै पनि बढ्ने डर रहेको छ । रासस/सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us