काठमाण्डु, १४ भदौ– चीनमा एक पुरुष मदिराले मात्तिएको अवस्थामा एटीएमको शिसाभित्र छिरेपछि प्रहरीले उद्दार गर्नुपरेको छ । पूर्वी चीनको झेजियाङस्थित एक एटीएम बुथमा छिरेका व्यक्ति ढोका ठानेर एटीएमको सिसाभित्र पसेका थिए । एटीएमभित्र युवक लडिरहेको देखेपछि बाटो हिंड्नेले प्रहरीमा खबर गरेका थिए । उनको...
नयाँदिल्ली, १४ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापान भ्रमणमा गएका छन् । उनी पाँच दिन जापान बस्ने छन् । मोदी भ्रमणलाई जापान र भारत दुवै देशले उच्च महत्व दिएका छन् । मोदीको यो भ्रमणलाई एसियामा चीनको बढ्दो प्रभाव रोक्ने प्रयासमा रुपमा हेरिएको छ । ...
काठमाण्डु, १३ भदौ विश्व स्वास्थ्य संगठनले इबोला भाइरस नियन्त्रणमा आउनुअघि पश्चिम अफ्रिकी मुलुकहरुमा करिब २० हजार मानिस प्रभावित हुन सक्ने अनुमान गरेको छ । अहिले अफ्रिकी देशमा ३ हजार पीडित व्यक्तिले इबोलाको उपचार गराइरहेका छन् । संगठनले यो संख्या करिब ४ गुणा बढी हुन...
काठमाण्डु, १२ भदौ संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले लिबियामा तत्काल युद्धबिराम गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । प्रस्तावमा युद्ध बिराम नभए ब्यापक प्रतिबन्ध लगाइने उल्लेख भएको बीबीसीले जनाएको छ । परिषदले त्रिपोली र बेनगाजीमा बढेको हिंसाप्रति चिन्ता व्यक्त गरेको छ । ती सहरमा चरमपन्थी समूह,...
काठमाण्डु – बाजागाजासहित जन्तीको लस्कर लिएर दुलही लिन गएका दुलाहाले चप्पलको झटारो खाएका छन् । दोश्रो विवाह गर्न लागेका ती दुलाहालाई पहिली श्रीमतीले विवाहमण्डपमा नै चप्पल हानेर बेइज्जत गरेकी हुन् । भारतको एक शहरमा घटेको सो घटनापछि दुलाहा मण्डप छोडेर भागेका थिए । साजिदले...
काठमाण्डु, ९ भदौ– पूर्वीयुक्रेनको दोनेत्सकमा रूस समर्थित विद्रोहीले सयौं सरकारी सैनिकलाई नियन्त्रणमा लिएर सडकमा मार्चपास गराएका छन् । युक्रेनका राष्ट्रपति पेट्रो पोरोशेंले पृथकतावादी विद्रोहीसँग लड्नका लागि सरकारी सेनालाई पर्याप्त सैन्य उपकरण खरिद गर्न तीन अरब खर्च गर्ने घोषणा गरेको केही घण्टामै उक्त घटना भएको...
काठमाण्डु, ८ भदौ– संयुक्त राष्ट्रसंघले इराकमा नरसंहारको खतरा बढेको भन्दै हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ । राष्ट्रसंघले विद्रोही नियन्त्रित उत्तरी इराकको अर्मेली सहरमा सम्भावित नरसंहारको आशंकामा अन्तर्राष्ट्रिय समुदायलाई कारबाहीमा लागि अपिल गरेको हो । राष्ट्रसंघीय विशेष प्रतिनिधि निकोले म्लाडेनोफले सम्भावित नरसंहार रोक्न...
काठमाण्डु, ७ भदौ – अमेरिकाको न्युयोर्कवासी बाघ र चितुवाजस्ता ठूला तथा शक्तिशाली प्राणीसँग ‘सेल्फी’ खिची सामाजिक सञ्जालमा राखेर सान देखाउने अवसरबाट वञ्चित हुँदै छन्। एक विधेयक पारित गरेर प्रान्तीय सरकारले यसमा प्रतिबन्ध लगाएको छ। हाते डिजिटल क्यामेरा वा क्यामेरा फोनबाट स्वयंले खिचेको तस्बिरलाई...
काठमाण्डु, ५ भदौ – आतंकवादी समूह हक्कानी नेटवर्कको शीर्ष पाँच नेताको जानकारी दिनेलाई अमेरिकाले ३ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । यस आतंकवादी समूहमाथि अफगानिस्तानमा अनेकौं मानिस र नेटो सेनामाथि हमला गरेको आरोप लगाइएको छ । अमेरिकी विदेश विभागले पाकिस्तानमा आधारित हक्कानी...
काठमाण्डु, ५ भदौ– सरकारविरोधी प्रदर्शन चर्किंदै गएका बेला पाकिस्तानका विपक्षीले प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा नदिएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । पूर्वअन्तर्राष्ट्रिय क्रिकेट खेलाडी तथा पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खान र धर्मगुरु ताहिर-उल-कद्रीले प्रधानमन्त्री सरिफको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका...
काठमाण्डु– साउदी अरब राजकुमार फ्रान्समा हतियारधारी लुटेराबाट लुटिएका छन् । पेरिसमा राजकुमार सवार गाडी रोकेर २ करोड ५० लाख भन्दा बढि लुटेका हुन् । प्रहरीका अनुसार केही महत्वपूर्ण कागजात पनि लुटेका छन् । आइतबार राती राजकुमार दुतावासबाट एअरपोर्ट जाँदै थिए । गाडीमा सवार कसैलाई...
काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण सुनेर सिंगापुरका प्रधानमन्त्री दङग परेका छन् । प्रधानमन्त्री मोदीले स्वतन्त्रता दिवस (१५ अगष्ट)का अवसरमा लाल किल्लामा गरेको भाषणबाट सिंगापुरका प्रधानमन्त्री ली शीन लूंग छक्क परेका हुन् । मोदीले एक घण्टा लगातार भाषण गरेका थिए । भारतीय विदेशमन्त्री...