भारतीय प्रधानमन्त्रीको भाषण सुनेर सिंगापुरका प्रधानमन्त्री छक्क

काठमाण्डु टुडे २०७१ भदौ १ गते ६:४७ मा प्रकाशित

काठमाण्डु – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण सुनेर सिंगापुरका प्रधानमन्त्री दङग परेका छन् ।

leeप्रधानमन्त्री मोदीले स्वतन्त्रता दिवस (१५ अगष्ट)का अवसरमा लाल किल्लामा गरेको भाषणबाट सिंगापुरका प्रधानमन्त्री ली शीन लूंग छक्क परेका हुन् । मोदीले एक घण्टा लगातार भाषण गरेका थिए ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराज सिंगापुर भ्रमणमा रहेका बेला प्रधानमन्त्री ली शीनले आश्चर्य व्यक्त गरेका हुन् । ली शिनले स्वराजसँग भने – ‘यस्तो महत्वपूर्ण दिनमा अलिखित भाषण धाराप्रवाह बोलेको देख्दा म धेरै प्रभावित भए ।’

३० वर्ष पछाडि प्रधानमन्त्री मोदीले बुलेट प्रुफ सिसा बाहिरबाट भाषण दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us