काठमाण्डु, १९ साउन– भारतमा पहिलोपटक दुई महिलालाई फाँसी दिन लागिएको छ । कोल्हापुरका रेणुका सिन्दे र सीमा गवितलाई जुनसुकै बेला फाँसी हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाइ यरवदा जेलमा फाँसी दिइने छ । उनीहरुमाथि ९ जना बालबालिका मारेको आरोप छ । उनले...
काठमाण्डु, २८ साउन– अमेरिकाले थप १ सय ३० सदस्यीय सैनिक सल्लाहकारहरुको टोली हिंसाग्रस्त इराकको उत्तरी क्षेत्र इर्बिलमा पठाउने भएको छ । रक्षामन्त्री चक हेगलले उनीहरु सैन्य कारबाहीमा संलग्न नरहने र सादा पोशाकमा रहेर मानवीय सहायताका लागि सक्रिय रहने बताएका छन् । अमेरिकाले इराकमा सक्रिय...
काठमाण्डु, २६ साउन– इजरायल र प्यालेष्टिनी हमास समूहबीच थप तीन दिन युद्धविराम सम्झौता भएको छ । इजिप्टको कुटनीतिक पहलमा हिंसाग्रस्त गाजा क्षेत्रमा आइतबार रातिबाट लागू हुने गरी तीन दिन युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन् । युद्धविरामलगत्तै इजरायल वार्ताका लागि आफ्ना प्रतिनिधि कायरो...
इरान, २५ साउन – इरानमा विमान मानव बस्तीमा खस्दा ४८ को मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार पश्चिमी इरानको मेहेदाबाद विमानस्थलबाट उडेको केही मिनेटमै बिमान दुर्घटनाग्रस्त भएको हो। बिमान धेरै पुरानो भएकाले मर्मत नगर्दा दुर्घटना भएको इरानी अधिकारीहरूले जनाएका छन्। तबन एयरलाइन्सको सो...
काठमाण्डु, २५ साउन– चीनको तिब्बतमा आन्तरिक पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ४४ जनाको ज्यान गएको छ । दुर्घटनामा अरु ११ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । सडकमा गुडिरहेको बर एउटा कार र ट्रकसँग ठोक्किएपछि उक्त दुर्घटना भएको थियो । बस सडकबाट तल खस्दा...
काठमाण्डु, २३ साउन– अमेरिकी राष्ट्रपति बाराम ओवामाले इस्लामिक चरमपन्थी समूह स्लामिक स्टेटविरुद्धको सैन्य कारबाहीका लागि इराकलाई सघाउने घोषणा गरेका छन् । ओवामाले चरमपन्थी समूह इरबिल सहरबाट अगाडि बढेको अवस्थामा अमेरिका चुप लागेर नबस्ने चेतावनी दिएका छन् । इरबिलामा अमेरिकी वाणिज्य दूतावास र सैन्य सल्लाहकारको...
काठमाण्डु, २२ साउन– इराकमा भएको पछिल्लो हिंसामा कम्तिमा ९० जनाको मृत्यु भएको छ । मोसुल सहरमा भएको एक हवाई हमलामा ५० जना मारिएका छन् भने राजधानी बग्दादमा भएका अत्मघाती बम हमलामा ४० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार हमलामा मोसुलमास्थित ईस्लामिक चरमपन्थी समूहले...
नयाँ दिल्ली, २१ साउन – एयर इन्डियाको विमानमा मुसा भेटिएपछि आकस्मिक अवतरण गरिएको समाचार छ । बुधबार सो घटना भएको बताइएको छ । उक्त विमान नयाँ दिल्लीबाट कलकत्ता जादै थियो । उडेको केही क्षणमै विमानको क्याबिनमा मुसा भेटिएको थियो । त्यसपछि सो विमान फर्काएर...
काठमाण्डु, २१ साउन– भारतको बाराणसी राज्यस्थित रोहनियामा ४० यात्रु सवार डुंगा नदीमा डुबेर दुर्घटना भएको छ । उक्त ढुंगा बेटाघर घाटनजिकै पल्टिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । डुंगामा सवार १५ जना बेपत्ता भएको र २२ जनाको सकुशल उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।...
पाकिस्तान , २० साउन – पाकिस्तानको कश्मीर क्षेत्रमा मङ्गलबार एक यात्रुवाहक गाडी गहिरो खोल्सोमा खस्न पुग्दा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् । पाकिस्तान प्रशासित कश्मीरको केन्द्र मुजफ्फराबादको दक्षिणपूर्वी भागमा चत्थापाल क्षेत्रमा उक्त दुर्घटना भएको हो । यस दुर्घटनामा १६ व्यक्तिको...
बेइजिङ, १९ साउन – चीनको दक्षिणपश्चिमी भागमा अवस्थित युनान प्रान्तको पहाडी भागमा आइतबार गएको ६.५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ४०० व्यक्तिको मृत्यु भएको छ । यस भूकम्पबाट एक हजार ८०० व्यक्ति घाइते भएका बताइएको छ । युनान प्रान्तको सरकारले पाँच हजार प्रहरी र...
प्यालेस्टाइन , १९ साउन – इजरायलले गाजामा जारी राखेको आक्रमणमा परी त्यहाँका एक हजार ८२२ प्यालेस्टाइनी मारिएका छन् । प्राप्तसमाचारअनुसार इजरायलले सोमबार पनि बिहानैदेखि हवाई हमला सुरु गरेको छ । सो हमलामा परी सोमबार बिहान १० जना प्यालेस्टाइनी मारिएका छन् । शुक्रबार बिहानमात्र ७२...