मानव बस्तीमा विमान खस्दा ४८ को मृत्यु

काठमाण्डु टुडे २०७१ साउन २५ गते ८:२४ मा प्रकाशित

इरान, २५ साउन – इरानमा विमान मानव बस्तीमा खस्दा ४८ को मृत्यु भएको छ।

iranअन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार पश्चिमी इरानको मेहेदाबाद विमानस्थलबाट उडेको केही मिनेटमै बिमान दुर्घटनाग्रस्त भएको हो।

बिमान धेरै पुरानो भएकाले मर्मत नगर्दा दुर्घटना भएको इरानी अधिकारीहरूले जनाएका छन्।

तबन एयरलाइन्सको सो विमान मेहरावाद अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार पौने १० बजे उडेको केही समयमा नै दुर्घटना भएको सो एजेन्सीले जनाएको छ।
एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us