
पाकिस्तान , २० साउन – पाकिस्तानको कश्मीर क्षेत्रमा मङ्गलबार एक यात्रुवाहक गाडी गहिरो खोल्सोमा खस्न पुग्दा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको जानकारी अधिकारीहरूले दिएका छन् ।
पाकिस्तान प्रशासित कश्मीरको केन्द्र मुजफ्फराबादको दक्षिणपूर्वी भागमा चत्थापाल क्षेत्रमा उक्त दुर्घटना भएको हो ।
यस दुर्घटनामा १६ व्यक्तिको मृत्यु भएको तथा अन्य सात व्यक्ति घाइते भएको र तीमध्ये तीनको अवस्था गम्भीर रहेको स्थानीय प्रशासनका अधिकारी समिम अरिफले बताए । उक्त बस करिब ३०० फिट तल खोल्सोमा खसेको बताइएको छ ।
उक्त भ्यानमा ३० व्यक्ति रहेको र त्यसको गति निकै अधिक रहेको बताइएको छ । चालकले गाडी मोडन खोज्दा नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ ।
स्थानीय प्रहरी अधिकारी तारिक खानले उक्त दुर्घटना तथा मृत्युको पुष्टि गरे । एएफपी