इराकमा पछिल्लो हिंसामा ९० को मृत्यु

काठमाण्डु टुडे २०७१ साउन २२ गते ४:१४ मा प्रकाशित

काठमाण्डु, २२  साउन– इराकमा भएको पछिल्लो हिंसामा कम्तिमा ९० जनाको मृत्यु भएको छ ।

iraqueमोसुल सहरमा भएको एक हवाई हमलामा ५० जना मारिएका छन् भने राजधानी बग्दादमा भएका अत्मघाती बम हमलामा ४० जनाको मृत्यु भएको छ ।
बीबीसीका अनुसार हमलामा मोसुलमास्थित ईस्लामिक चरमपन्थी समूहले आफ्ना लागि प्रयोग गरिरहेको एक जेललाई निशाना बनाइएको थियो । घटनामा विद्रोहीसँगै बन्धकहरु पनि मारिएको आशंका गरिएको छ ।

हमलाका लागि ड्रोनको प्रयोग गरिएको विद्रोहीहरुले बताएका छन । घटनापछि जेलमा रहेका ३ सय बन्धकलाई बाहिर ल्याइएको छ । उता बग्दादमा भने सिया समुदायको बाहुल्यता रहेको बजार क्षेत्रमा आत्मघाती बम विष्फोट गराउँदा ४० जना मारिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us