
काठमाण्डु, १९ साउन– भारतमा पहिलोपटक दुई महिलालाई फाँसी दिन लागिएको छ ।
कोल्हापुरका रेणुका सिन्दे र सीमा गवितलाई जुनसुकै बेला फाँसी हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाइ यरवदा जेलमा फाँसी दिइने छ ।
उनीहरुमाथि ९ जना बालबालिका मारेको आरोप छ । उनले राष्ट्रपति प्रणव मुखर्जीसमक्ष क्षमा याचना गरे पनि त्यसलाई उनले अस्वीकार गरेका छन् । समाचारमा जनाइए अनुसार उनीहरुलाई दिने फाँसीका बारेमा सरकारी प्रक्रिया चलिरहेको छ । प्रक्रिया शनिबार सकिने छ । उनीहरु दुवैले बालबालिकालाई अपहरण गरेर भिख माग्न बाध्य बनाने गरेका थिए ।
भिख माग्न नगएमा बालबालिका उनीहरुका हातबाट मारिन्थे ।