
काठमाण्डु, २६ साउन– इजरायल र प्यालेष्टिनी हमास समूहबीच थप तीन दिन युद्धविराम सम्झौता भएको छ ।
इजिप्टको कुटनीतिक पहलमा हिंसाग्रस्त गाजा क्षेत्रमा आइतबार रातिबाट लागू हुने गरी तीन दिन युद्धविराम गर्न दुवै पक्ष सहमत भएका हुन् ।
युद्धविरामलगत्तै इजरायल वार्ताका लागि आफ्ना प्रतिनिधि कायरो पठाउन तयार भएको छ । इजिप्टको विशेद मन्त्रालयले विज्ञप्ति निकालेर युद्धविरालाई स्थायी शान्तिमा बदल्न हमास र इजरायललाई आग्रह गरेको छ ।
गाजापट्टीमा एक महिनायता जारी हिंसामा करिब दुई हजारले ज्यान गुमाइसकेका छन् । संयुक्त राष्ट्रसंघले मारिनेमा अधिकांश प्यालेष्निटी सर्वसाधारण रहेको जनाएको छ ।