
काठमाण्डु, २१ साउन– भारतको बाराणसी राज्यस्थित रोहनियामा ४० यात्रु सवार डुंगा नदीमा डुबेर दुर्घटना भएको छ ।
उक्त ढुंगा बेटाघर घाटनजिकै पल्टिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । डुंगामा सवार १५ जना बेपत्ता भएको र २२ जनाको सकुशल उद्धार गरिएको अधिकारीहरुले बताएका छन् ।
बाराणसी राज्यका प्रहरी डिआईजी एसके भगतले तीन वटा शव फेला परेको बताएका छन् । गंगापुर जान हिंडेका मिर्जापुरका सर्वसाधारण चढेको डुंगा दुर्घटना भएको भगतलाई उद्धृत गर्दै त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
डुंगामा मोटरसाइकल समेत राखिएको र क्षमताभन्दा बढी लोड बोकेका कारण डुंगा दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।